स्वदेश फिर्तिको लागी आन्दोलनरत भुटानी दल डुक नेशनल कांग्रेसका महासचिव तेन्जिङ ग्याम्पोलाई भारतको आसाम प्रहरीले पक्राउ गरि बेपत्ता बनाएकोमा भुटान मानव अधिकार संगठनले चासो देखाएको छ ।
संगठनका अध्यक्ष एसबी सुब्बाले आज प्रेस विज्ञप्ती प्रकासित गर्दै गत नोवेम्वर १३ तारिखका दिन पक्राउ परेका उनलाई ३० अक्टोवरमा गुहाटीमा भएको श्रृंखलावद्ध बम विष्फोटको घटनामा संल्ग्न भनि लगाइएकोे आरोप निराधार भएको दाबी गरेका छन् । उनलाई विनाशर्त छाड्नका लागि पहल गर्न अन्तराष्ट्रिय मानव अधिकारीवादी संगठनहरुलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । ग्याम्पोलाई राजद्रोही भन्दै भुटान सरकारले भारतीय प्रहरीलाई उचाल्ने काम गरिरहेको पनि सुब्बाले जनाएका छन् ।
गुहाटीमा भएको विष्फोटमा ८० जनाको मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा दर्जन बढीलाइ भारतिय प्रहरी प्रक्राउ गरेको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।