Sunday, November 30, 2008

ट्रन्जीट पोइन्ट झिलझिले र दमक

इलामको चुलाचुली क्षेत्रबाट तस्करी हुने अवैध काठ निकासीको ट्रान्जीट पोइन्ट झापाको झिलझिले र दमक क्षेत्र रहेको रहस्य खुलेको छ । पछिल्लो समयमा इलाका प्रहरी कार्यालय झिलझिले दमक र बिर्तामोड स्थित जिल्ला बन कार्यालय इलामको मिलेकतोमा ठूलो परिमाणमा अवैध काठ भारतको बिहार तर्फ निकासी हुने गरेको स्थानियवासीले बताएका छन । उनिहरुका अनुसार वन क्षेत्रबाट केर्खा र दमक हुदै झिलझीलेमा काठ जम्मा गरी सिमावर्ती नाका शिवगाज काहोवरा र माहाभारा बाट भारतको किसानगाज जिल्लाका विभिन्न ठाउँमा पुर् याइने गरिएको छ । काठ तस्करीमा संलग्नहरुले साइकल रागाँ गाडा र ट्याक्टर समेत त्यस्तो काममा प्रयोग गर्ने गरेका छन । त्यस क्रममा तस्करहरुले मजदुरलाई प्रतिसत र ज्यालादारीम्ाा खटाउने गरेको बताइन्छ । त्यस्तो अवैध धन्दा वापत प्रहरीले पुराना काठ ब्यापारी संग निकासा हुने गरेको काठको परिमाण हेरी नजराना असुल्ने गरेको छ भने नजराना बुझाउन अटेर गर्नेहरुलाई पक्राउ गर्ने गरेको स्रोतको दावी रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।