Tuesday, November 18, 2008

सहकारीमा लुटपाट गर्ने पक्राउ

हतियार सहित वितिय संस्थामा लुटपाट गर्ने दर्ुइ जनालाई हातहतियार तथा खरखजना ऐन अर्न्तगत सोमबार झापा जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ ।
यसरी मुद्धा दर्ता गरिएकाहरुमा ताप्लेजुङ जिल्लाको याम्फुदीन गाविसमा घर भई हाल दकम-१ मा बसोवास गर्दै आएका लक्ष्मी गुरुङ र दमक-१२ निवासी सुजन तमु रहेका छन । उनिहरु दुबै जनालाई दमक-१ म्ाा रहेको नवदर्ुगा सहकारी संस्थामा लुटपाट गर्न लागेको अवस्थामा सहकारीका कर्मचारी र सेवा ग्राहीहरुले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा बुझाएका थिए ।
प्रहरीका अनुसार उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल र तीन राउण्ड गोली समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।