Tuesday, November 18, 2008

चिया खेतिमा लगानी बन्द

ऋण असुली कार्य हुन नसकेपछि कृषी बिकास बैक दमकले चिया खेतीमा लगानी बन्द गरेको छ ।
बैकका प्रबन्धक पर्ुण्ा आचार्यले दिएको जानकारी अनुसार चिया खेतीमा लगानी गरिएको कुल ४ करोड ६६ लाख रुपैया मध्ये ३ करोड ५० लाख रुपैया ऋण उठ्न सकेको छैन । ऋण मध्ये ३ करोड २२ लाख सावाँ र ६६ लाख ब्याज रहेको छ । यस बैक अन्तरगत २ हजार १ सय २४ जनाले चिया खेतिको लागि ऋण लिएका छन ।
किसानहरुले चिया उत्पादनका लागी लगानी गरेको लागत अनुसार उत्पादीत हरियो चिया पत्तिको भाउ कमि रहेकाले ऋण तिर्न नसकिएको एक कृषकले बताउनु भएको छ । बिशेष गरि ऋणीहरुले गुणस्तरिय चिया उत्पादनको लागी अर्गानिक कृषी प्रणाली अनुसार खेती गरिएको र सिटिसि चियाको तुलनामा उत्पादन महंगो पर्न गएकोले यस्तो सम्स्या आएको बताएका छन । अर्गानिक प्रविधिबाट उत्पादन गरिएको लागत अनुसार नै सरकारले उचित मुल्य निर्धारण गर्नु पर्ने धारणा व्यक्त गरेका छन । हाल अर्गानीक हरियो चिया पत्ति प्रति केजी १७ देखि २० रुपियाँ मात्र रहेको छ । जुन सिटिसि चियाको मुल्य बराबर हो । अर्गानीकमा खेतीमा लगानी बढी भए पनि मूल्य बराबर भएकोले उत्पादनमा घाटा भई ऋण तिर्न नसकेको कृषकहरुको गुनासो रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।