Monday, November 17, 2008

प्रधानमन्त्रीद्वारा बिमस्टेक सम्मेलनबारे जानकारी

संविधानसभा व्यवस्थापिकाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड) ले भारतमा भएको बिमस्टेक सम्मेलनबारे जानकारी गराउनु भएको छ ।
हिजोको बैठकमा सभाषदहरुले प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेपछि प्रधानमन्त्री दाहाल आज संविधानसभा व्यवस्थापिका बैठकमा जानकारी गराउनु भएको हो ।
उहाले भारत भ्रमणका बेला आगामी १० वर्षा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारको राष्ट्रिय लक्ष्य प्राप्त गर्न भारतीय प्रधानमन्त्रीसँग आफूले कुरा राखेको र कोसी तटबन्ध निर्माण गर्न दुबै पक्षको प्रतिबद्धता हुनुपर्नेमा आफूले जोड दिएको जानकारी दिनु भयो ।
सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा सदस्य राष्ट्रहरुबीच यातायात र सञ्चार सेवा विस्तार गर्न सकिए व्यापार, लगानी, पर्यटन तथा जनसर्म्पर्कमा महत्वपर्ूण्ा भूमिका खेल्नेमा जोड दिइएको जानकारी पनि उहाले दिनु भयो ।
साथै नेपालमा र्सार्क पर्यटन केन्द्र स्थापना गर्न आफूले पहल गरेको र त्यसमा अरु देशहरु सकारात्मक रहेको पाएको प्रधानमन्त्री दाहालले बताउनु भयो ।
हाल देखापरेको खाद्य र उर्जा सङ्कटलाई कमी गर्न बैठकले जोड दिएको प्रधानमन्त्री दाहालले जानकारी दिनु भयो । "अन्तर्रर्ााट्रय आतङ्कवाद, सङ्गठित बहुराष्ट्रिय अपराध तथा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी क्षेत्रीय अभिसन्धिमा भने हस्ताक्षरमा हुन सकेन"- दाहालले भन्नु भयो ।
यस्तै आजको बैठकमा अर्थमन्त्रीको तर्फाट कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्री देव गुरुङले महालेखापरीक्षकको प्रतिवेदन पेश गर्नु भएको छ । अर्को बैठक आउँदो १० गते बस्ने भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।