पुस १८ देखि २७ गते सम्म झापाको दमकमा हुने पूर्वााचल स्तरिय औद्योगिक व्यापार पर् र्याटन एवं कृर्षी महोतसव को प्रचार प्रसारलाई तिब्रता दिइएको छ ।दमक उद्योग बाणिज्य संघको आयोजनामा हुने सो महोत्सवको पश्चिम झापा र पूर्वी मोरङका गाविसहरुमा समेत प्रचार प्रसारका लागी माईकिङ र पोष्टरीङ गर्ने कार्य सम्पन्न भएको छ । महोत्सव आयोजक आयोजक मुल समारोह समितिले सनिबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरु राख्ने तयारी भएको र ९० बढी स्टल बुकिङ समेत भइसकेको जानकारी दिएको छ । महोतसव समारोह पमितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले महोत्सव स्थलमा नियमित बिद्युत र खाने पानिको आपूर्तीको लागी सम्बन्धीत निकायमा कुराकानी भएको जानकारी दिनु भएको छ । महोत्सवमा स्थानिय आदीवासी जनजातीको संस्कृती झल्कने प्रर्दशनी राष्ट्रिय तथा स्थानिय स्थतरका कलाकाहरुबाट संागितिक कार्यक्रम समेत गरिने छ । स्थानिय उतपादनहरुको प्रवद्र्धन एवं बिकासका लागी महोत्सवमा दमक नगरपालीका र जिल्ला बिकास समितिले समेत सह-आयोजकको भुमिका निर्वाह गर्ने छन । महोत्सवमा १ लाख ५० हजार भन्दा बढी दर्शक भित्राउने लक्ष राखिएको समितिका महासचिव शंकर वस्नेतले बताउनु भएको छ । सो महोत्सवको उदघाटन गणतान्त्रिक नेपालका प्रथम संम्माननिय प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले गर्नुहुने निस्चित भएको छ । प्रधानमन्त्री दाहालले सोही दिन दमक उद्योग बाणिज्य संघको नवनिर्मित भवन उदघाटन गर्नुका साथै दमकमै नेकपा माओवादीका राज्य समिति स्तरीय नेता कार्यकर्ता संग भेटघाट र छलफल पनि गर्नुहुने माओवादी स्रोतले जनाएको छ । सोही दिन वहाँले बिर्तामोड स्थित शान्ति समितिको जिल्ला कार्यलयको पनि उदघाटन गर्ने बताइएको छ ।
Saturday, December 27, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।