Wednesday, December 31, 2008

माओवादी सेना नेपाली सेना हुन सक्दैन

माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नसकिने नेकपा एमालेका स्थाइ कमिटि सदस्य केपी ओलीले बताउनु भएको छ ।प्रजातान्त्रिय वुवा संघ झापाको छैटौ जिल्ला सम्मेलनको बुधबार दमकमा उदघाटन गर्नुहुदै नेता ओलीले माओवादीको लडाकु दस्ता र नेपाली सेनालाई मिलाएर नयाँ राष्ट्रिय सेना बनाउने माओवादीको तर्क बेतुक हावादारी भएको समेत ठोकुवा गर्नु भएको छ । वहाँले अनमिनले मापन गरेको माओवादीलडाकुहरु नेपाली सेना बनाउनुको लागी नभएर उनिहरुको व्यवस्थापनको लागी माात्र रहेकोले माओवादीका लडाकु दस्ताहरु कुनै हालतमा नेपाली सेनामा समायोजन हुन नसक्ने बताउनु भएको छ । कार्यक्रमाका अर्का वत्ता एमालेका केन्द्रीय सदस्य शंकार पोख्रेलले माओवादीका कारण शान्ति प्रकृयाले गति लिन नसकेको बताउदै माओवादीलाई जिम्मेवार बनेर सरकार साचालन गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा जनवादी गायक जेवी टुहुरेलाई अभिनन्दन गरिनुका साथै संघका केन्द्रीय अध्यक्ष अजम्बर काम्बाङ राई लगायतले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।