Saturday, December 13, 2008

कर्मचारीमा लोकतान्त्रिकरण हुनु आवश्यक

नयाँ नेपालको निमार्णको लागी कर्मचारीतन्त्रमा लोकतान्त्रिकरण हुनु पर्ने एक कार्यक्रमका बक्तहरुले जोड दिएका छन । नेकपा माओवादी दमक नगर समितिको ओयोजना सनिवार दमकमा सम्पन्न नयाँ नेपाल निमार्णमा कर्मचारीको भुमिका बिषयक अन्तरकृया कार्यक्रमका बक्ताहरुले नयाँ नेपाल निमार्णको लागी कर्मचारीहरुको पनि अत्यन्तै महत्वपूर्ण भुमिका रहने भएकोले अव बन्ने नयाँ संबिधानमा पनि उतिकै मात्रामा कर्मचारीहरुको सल्लाह सुझाव प्रतिकृया लिएर मात्र संबिधान लेखिनुपर्नेमा समेत जोड दिएका थिए । माओवादीका दमक इाचार्ज रोसनको सभापक्तित्वमा सम्पन्न कार्यक्रममा ओवादीका कोचिला राज्य समिति सदस्य तथा झापा क्षेत्र नं। ७ काइाचार्ज सुवास कोचिला राज्य समिति सदस्य गगन झापा क्षेत्र नं। ७ का सचिव चन्दु राष्ट्रिय कर्मचारी महासंघका झापा जिल्ला अध्यक्ष पदम धिमाल अखिल नेपाल जनस्वास्थ्य कर्मचारी संगठनको झापा सचिव नगेन्द्र भट्टराई पूर्वााचल सडक डिभिजन कार्यालयका प्रमुख लोक बहादुर कार्की लगायत अन्य वक्ताहरुले बोल्नु भएको थियो भने माओवादीका दमक सचिन नकुलको साचालन सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।