गत बुधबारदेखि काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कोमामा उपचारार्थ राखिनुभएका बरिष्ठ साहित्यकार रमेश विकल (रामेश्वर चालिसे)को आज बुधबार दिउँसो सवा तीन बजे अस्पतालमै निधन भएको छ ।
सन् १९८५ मा जन्मनुभएका बरिष्ठ साहित्यकार रमेश विकलको जन्म काठमाडौंस्थित आरुबारीमा भएको हो ।उहाँको इच्छाअनुसार उहाँको पार्थिव शरिरलाई प्रज्ञा प्रतिष्ठानमा नराखी गोकर्णेश्वर महादेवमा अन्त्यष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।
विक्रम सम्वत् २०१८ मा नयाँ सडकको गीत कथा संग्रहको लागि मदन पुरस्कारद्धारा सम्मान गरिएका विकलले अबिरल बग्छ इन्द्रावती नामक उपन्यास, कथा, उपन्यास, संस्मरण लगायत साहित्यका सबै विधामा दुइ दर्जनभन्दा बढी कृतिहरु लेख्नुभएको छ ।
उहाँले आफ्नो आरुबारीमा रहेको जन्मघर रमेश विकल साहित्य प्रतिष्ठान स्थापना गरी सोही प्रतिष्ठानका नाममा राख्नुभएको छ । विकलका दुइ छोरा र चार छोरी हुनुहुन्छ । उहाँकी धर्मपत्नीको आठ वर्ष अघि नै निधन भइसकेको थियो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।