Tuesday, December 16, 2008

सार्वजानिक जग्गा ब्याक्तिको नाममा

झापाको गौरादहमा रहेको प्रहरीचौकीको सार्बजानिक जग्गा एक ब्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ ।
द्वन्द्वका क्रममा बिस्थापित बनेको उक्त चौकीको ४ कठा जग्गा मध्ये २ कठा १० धुर जुरोपानीका कृष्णबहादुर बनियाको नाममा दर्ता गरिएको रहस्य खुलेको हो ।
शान्ती प्रक्रीया शुरु भएपछी सरकारले क्षतिग्रस्त चौकी पुनस्थापना थालेपछी सो जग्गा हाल आएर व्यक्तिका नाममा दर्ता भएको गौरादह गाबिसका सचिव गोबिन्द खड्काले बताउनुभयो ।
त्यस्तैगरी झापाको सिमावर्ती क्षेत्र पाठामारीमा ५ र ५मा मेचीखोला आसपासमा रहेको एक सय बिगाह जग्गा अतिक्रमण हुन थालेको छ ।
सामाजिक क्षेत्रका स्थानिय अगुवा कुमार चुडालले खोला कटान भएको ती क्षेत्र हाल आएर मैदानमा परिणत भए पछी जग्गाको हकदाबी गर्ने गरेको र एक आबास कम्पनीले उत्रः जग्गा बिकि्र गरेको बताउनुभयो ।
सो जग्गामा बिवाद बढेपछी सरकारले ती क्षेत्रमा बसोबास र किनबेचका लागी रोक लगाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।