Tuesday, December 23, 2008

नगरपालिकाको ताला खोलियो

धनिपुर्जाका लागी झापाको दमक १३ का सुकुम्बसीहरुले दमक नगरपालिमा लगाएका ताला खोलेका छन । आइतबार अपरान्ह सुकुम्बासीहरुले जग्गा धनिपुर्जा बितरणमा राजनैतिकरण हुन नहुने भन्दै कार्यकारी अधिकृतको कार्यकक्ष र मुल ढोकामा ताला लगाएका थिए ।दमक नगरपलिकको अगुवाइमा भएको सर्बपक्षिय भेला पछी ताला खोलिएको थियो । नगरपलिकाको नेतृत्वमा सर्बदलिय सयन्त्र समिति र ७ नम्बर गोस्वारा झापाका प्रमुख सहित ९ गते भुमि सुधार मन्त्रालयमा जाने र टोली फर्केर नआउन्जेल कान्दोलनका सबैकार्यक्रम स्थगित गरिएको संघर्ष समितिका संयोजक गोबिन्द थापाले बताउनुभयो । धनिपुर्जा दिलाउन बिभिन्न पार्टीले आआफ्नो संयोजकत्वमा समिति बनाई कार्य गरेपनी पुर्जा बितरण कार्य नथालेपछी स्थानियहरुले आन्दोलन थालेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।