Friday, December 19, 2008

यात्रुबाहक बसमा आगजनि

अर्जुन जम्नेली पथरी
बन्द अबज्ञा गरेको भन्दै आजविहान एक यात्रुबाहक बसमा आगजनि गर्ने पल्लो किरात लिम्बूवान राष्ट्रिय माचका ५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पथरी-५ का समिर लिम्बू कमल लिम्बू देवराज ढकाल शन्तोष सुब्बा र मधुमल्लाका राजु सुब्बा रहेका छन् । उनीहरु १९ देखि ३१ बर्ष सम्मका रहेको प्रहरीले बताएको छ ।आज विहान ७ बजे पूर्वगईरहेको को १ ख १८३६ नम्बरको यात्रुबाहक बस पथरी बजार पश्चिम शरणार्थी शिविर नजिकै रोकेर पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लगाईको बस पूर्णरुपमा क्षेती भएको छ ।आगो लागई सडक उक्तर जंगलतिर भागेका ती कार्यकर्ताहरु प्रहरीले खोजिरहेका बेला एउटै मोटरसाईकलमा चारजना चढेर पूर्व आउनलाग्दा प्रहरीले पक्राउ गरेका हुन ।पक्राउपछि उनीहरुले बोकेको झोला खान्तलासि गर्दा पेट्रोल भेटिएपछि उनीहरुले आफूहरु पल्लो किरात लिम्बूवान राष्ट्रिय माचको कार्याकर्ता भएको स्वीकार गरेको भुटानि शारणार्थी शिविर शनिश्चरे स्थित अस्थाई प्रहरी पोष्टका शसस्त्र प्रहरी नायव निरीक्षक इन्द्रजंङ् थापाले बताउनु भयो । पक्राउ परेका पाचैजना कार्यकर्ताहरुलाई आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएको छ ।मंसिर २९ र ३० गते अबैधकर असुल्दै गर्दा धरानको पाचकन्याबाट इलाका प्रहरी कार्यालय धरानले माच संबद्ध ७ जना कार्यकर्ताहरुलाई पक्राउ गरेका थिए । पक्राउ गरिएको आफ्नो कार्यकर्ताहरुलाई प्रहरीले नछाडेको भन्दै माचका केन्द्रीय अध्यक्ष डम्बर लावतिले हिजो विज्ञप्ति प्रकाशन गरी आज र भोली कोशी अाचल यातायात बन्दको घोषणा गरेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।