Tuesday, December 23, 2008

अवैध कारोवार रोक्न स्पष्ट निति बन्नु पर्छ

नेपालका अधिकांश औषधी व्यवसायीहरु कानुनी दायरा भन्दा बाहिरा रहेकोले उनिहरुलाई दयरा भित्र ल्याउन बाकी रहेको नेपाल औषधी व्यवसायी महासंघका पुर्व अध्यक्ष राजन बराललले बताउनु भएको छ ।औषधी व्यवसायीहरुको राष्ट्रिय अबिधेशन तयारीका लागी झापा आउनुभएका बरालले अधिराज्यभरी साचालनमा रहेका ३० हजार भन्दा बढी औषधी पसलहरु मध्ये १५ हजारले मात्र औषधी बिक्रीका लागी कानुनी रायरा पुरा गरेर साचालन गर्दै आएको बताउनुभएको छ । मंगलबार साचारकर्मीहरु संग सक्षिप्त कुरा गर्दै बरालले सरकारले कुनैपनी स्पष्ट कानुनी निति नभएपनी औषधी व्यवसायीहरुले बार्षिक साढे १३ अर्ब बढीको कारोबार भईहरेको जानकारी गराउदै वहाँले यसरी व्यावसाय चलेपनी अवैधरुपमा भइरहेको कारोवार रोक्नको लागी सरकारले नयाँ र स्पष्ट निति निमार्ण गनुृ्र पर्ने बताउनु भएको छ ।त्यसैगरी मेची औषधी व्यवसायी संघका अध्यक्ष राजेन्द्र ढकालले मेचीमा पनी ५ सय बढी औषधी पसलहरु बिना दर्ता साचालनमा आइरहेको स्वीकार गर्नु भएको छ । उहाँका अनुसार झापाका ग्रमिण भेग र पहाडी क्षेत्रका अधिकाशं औषधी पसलहरु बिना दर्ता चलिइरहेका छन । झापामा चुनाव सम्पन्नझापाका ४ बटा भुटानी शरणार्थी शिविरमा शिविर व्यवस्थापन समितिको निर्बाचन सम्पन्न भएको छ । स्थानिय शिविरको नेताको रुपमा छानिने उक्त निर्बाचन अन्तर्गत झापाको बेलडागीँ १ २ ३ र टिमाइमा चुनाज सम्पन्न भएको हो ।१८ बर्ष माथिका शरणार्थीहरुले दिएको मतका आधारमा शरणार्थी प्रतिनिधीहरु ीनर्बाचित हुने प्रवधान रहेको छ ।बेलडागीका तीनबटै शिविरका ५०हजार र टिमाइका १० हजार भुटानी शरणार्थीहरुले मत खसालेका छन । झापाको प्रमुख जिल्ला अधिकारी नरेन्द्र दहालको संयोजकत्वमा बनेको समितिले मत गणना कार्य गर्ने जनाउदिइएको छ । मतको नतिजा भोली बेलुका आउने प्रजिअ दहालले बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।