Sunday, December 7, 2008

किरातका तीन कार्यकर्ता पक्राउ

वूर्व पश्चिम राजमार्गमा यातायात राकॆर अवरोध सृजना गरेको अभियोगमा पल्लो किरात राष्ट्रिय माचका ३ कार्यर्तालाई प्रहरीले पक्राउ गरेको छ । सतासीधाम-८ का नरेन्द्र तुम्बाहाङफे र पसु्र राम ऋसीदेव र वाडा नं। ७ का सन्तोस लिम्बूलाई आइतबार झापाको तोपगाछी स्थित केर्खा नजिकबाट पक्राउ गरिएको हो । उनिहरु सोहीदिन उक्त स्थानमा भएको को १ ख २१६४ नम्बरको टोडफोडमा समेत संलग्न रहेको प्रहरीले दावी गरेको छ । पक्राउ परेका ३ नै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान अगाडी बढाईएको बताईएको छ । गत मंसिर १८ गते बिरिङ पुृलबाट अवै रुपमा कर असुलेको आरेपमा पक्राउ परेका कार्यकर्ता सागर लामालाई छाड्न दवाव दिदै सेा संगठनले मेचीमा गरेको दुई दिनको यातायात बन्दका क्रममा माइधारमा अन्य दुई ओटा सवारीमा समेत तोडफोड गरेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।