Monday, December 15, 2008

अध्यक्षमा राजवंसी बिजयी

झापाको माहाभारा स्थित बाल कल्याण माविको व्याबस्थापन समितिको अध्यक्षमा चन्द्र मोहन राजवंसी बिजयी भएका छन । राजवंसीलॆ १८२ मत ल्याई प्रतिद्धोन्दी बृहस्पति उप्रेतिलाई्र ८ मतको अन्तरले हराएका हुन । राजवंसी नेकपा माओवादीका क्षेत्रिय सदस्य तथा वाईसिएलका गाउँ कमिटि अध्यक्ष पनि हुन । उप्रतिलाई नेपाली कंग्रेस एमाल तमलोपा जनमोर्चा लगायतका दलहरुले सर्मथन गरेका थिए । उनि यस अघि ३ कार्यकाल सम्म लगातार सो पदमा रही काम गर्दै आएकोमा यस पटक बारम्बार सो पद छाड्नका लागी अभिवावक भेलाले जोड गरे पनि पद छाड्न मानेका थिएनन् । नव निर्वाचित अध्यक्ष राजवंसीले आफ्नो कार्यकालमा यस अघि बिद्यालयमा भएका विभेदपूर्ण निर्णयहरु खारेज गराई भ्रष्टचार समेत पर्दाफस गर्ने प्रतिवद्धता जनाएका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।