Monday, December 15, 2008

पुस भरि झापामा हडताल नगर्ने प्रतिवद्धता

पुस १८ गते देखि दमकमा सुरु हुने दमक पूर्वााचल स्तरिय दमक महोत्सवलाई मध्यनजर गरि पुस महिनामा झापामा कुनै पनि किसिमका बन्द हड्ताल र चक्काजाम हुन नदिने विभिन्न राजनैतिक दलहरुले प्रतिबद्धता जानाएका छन । महोत्सव आयोजक समितिले सोमबार दमकमा आयोजना गरेको सर्वपक्षिय छलफलमा नेकपा माओवादी नेपाली क्रग्रेस नेकपा एमाले मधेसी जनअधिकार फोरम तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल सदभावना पार्टीका पैतिनिधिहरुले जिल्ला स्थित सुरुक्षा अंगका प्रमुखहरु र आयोजक समक्ष त्यस्तो प्रतिवद्धता जनाएका हुन । उनिहरुले यसहघि बिर्तामोडमा प्रमुख राजनैतिकदलहरुले गरेको झापा बन्द्धमुक्त जिल्ला घोषणाको कडाईका साथ पालना हुनु पर्नेमा जोड दिएका थिए । साहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण प्रसाद हमाल ससश्त्र प्रहरी बल पाथिभरा गणका गणपक्ति बालकुमार श्रेष्ठ बरिष्ठ प्रहरी उपरिक्षक नरेन्द्र खालिङ र प्रहरी उपरिक्षक बिजयकुमार भट्ट समेतको उपस्थिसतमा भएको सो भेलामा नेकपा माओवादीका राज्य समिति सदस्य गगन पुरी नेकपा एमालेका अाचल कमिटि सदस्य अर्जुन राई नेपाली कंग्रेसका क्षेत्रिय सभापति शेर बहादुर भट्टराई तमलोपाका केन्द्रीय सदस्य बिजयकुमार अग्रवाल फोरमका जिल्ला अध्यक्ष मोतीलाल कामत सदभावनाका सुर्यनारायण गणेश दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष घनेन्द्रराज योङया लगायतले बोल्नु भएको थियो । सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले महोत्सव सुरक्षार्थ सबै प्रकारका सुरक्षा संयन्त्रहरुको परिचालन गर्ने प्रतिवद्धता जनाएका थिए । पूर्वााचल स्तरीय औद्योगीक ब्यापार पर्यटन एवं कृषी महोत्सवका रुपमा साचालन हुने सो महोत्सवको उद्दघाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड द्धारा हुने निस्चित भइसकेको छ । भेलामा महोत्सव आयोजक मुल समारोह समितिका महासचिव शंकर वस्नेत महोत्सव तयारीको बिषयमा जानकारी गराउनु भएको थियो । भेला महोत्सव आयोजक दमक उद्योग बाणिज्य संघका कार्यभाहक अध्यक्ष इन्द्र श्रेष्ठको सभापक्तित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।