उप-प्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकै देशमा दुई सेना हुन नसक्ने बताउनु हुदै दुवै शेनालाई दलिय सहमतिमा समायोजन गरिने बताउनु भएको छ ।नेपाल औषधी व्यावसायी संघको १०औ राष्ट्रिय महाधिवेसनको आज बिहिबार उदघाटन गर्नुहुदै उपप्रधान तथा गृहमन्त्री गौतमले दुबै सेनाका हतियारलाई एकीकरण गरि सेना समायोजन गरेन नयाँ नेपालको नयाँ राष्ट्रिय सेना निमार्ण गर्नुपर्ने भएको कारण सेना समायोजनको लागी सरकार भन्दा बाहिर रहेको नेपाली कंग्रेस सहितको समायोजन समिति बनाउर तत्कार समायोजन प्रकृया अगाडी बढाउने बताउनु भएको छ । लोकतान्त्रिकक आन्दोलनमा औषधी व्यावसायीहरुले पुर् र्याएको योगदानको चर्चा गर्नुहुदै वहाँले व्यावसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको समेत औल्याउनु भएको छ । हाम्रो मुलुकमा विदेशी औषधीको ठूलो बजार रहेको तथा त्यसता औषधी स्थानिय तहमा उत्पादन गर्न सरकारी सहयोग पुर् याउने प्रतिवद्धता जाहेर गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले राजनितिमा रहेको सामन्तवाद लाई ढालिसकिएको सकिएता पनि सामाजिक आर्थिक र सास्कृतीक क्षेत्रमा रहेको सामन्तवादको जरा उखेल्न बाँकी रहेकोले त्यो बाँकी सामन्तवादलाई पूर्णरुपमा ढाल्नको लागी पुन एक पटक सम्पुर्ण राष्ट्रप्रेमी जनतामा आग्रह समेत गर्नु भएको थियो । एक अर्को प्रसंगमा वहाँले सत्ताको लागी सरकारमाथि भ्रम फैल्याउन कतिपय शत्तिहरु लागीपरेको बताउनु हुदै गृहमन्त्री गौतमले त्यस्ता भ्रमको कुनै पनि अर्थ भनएको टिप्पणी गर्नु भयो । यो सरकारको विकल्प छैन अर्को सरकार वने पनि महिना दिन पनि टिक्न नसक्ने वहाँले ठोक्वा गर्नु भयो । सरकार सोषण मुक्त नयाँ नेपाल बनाउन लागीरहेको चर्चा गर्नुहुदै कसैले कानुन हातमा लिए कारवाही गर्नुका साथै कानुन नभएको ठाउँमा कानुन निमार्ण गरि अघि बढ्ने गृहमन्त्री गौतमको भनाई थियो । गृहमन्त्री गौतमले सो अवसरमा संघ द्धारा प्रकाशित स्मारिकाको बिमोचन गर्नु भएको थियो । ३ दिन सम्म चल्ने सो महाधिवेसनमा अधिराज्यभरिका ४ सय प्रतिनिधिहरुको सहभागीता रहेका महाधिवेसन आयोजक समितिका संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । आजै गृहमन्त्री गौतमले एमाले पार्टी कार्यकर्ता चन्द्रगडीमा आयोजीत भेलालाई सम्बोधन गर्नु भएको थियो । गृहमन्त्री गौतम संग दमक नगरपालीकाले सडक निमार्ण तथा दमक १३ अवरुद्ध रहेको सुकुम्बासीको धनिपूर्जा वितरण कार्य गर्न माग पत्र बुझएका थिैए ।
Thursday, December 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।