Tuesday, December 23, 2008

झापामा बिरोध

आइतबार हिमाल मिडियामा भएको आक्रमणको बिरोध गर्दै झापामा बिरोध र् याली निकालीकएको छ ।नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा बिर्तामोडबाट यिनस्कीएको र् यालीले नगर परिक्रमा गर्दै टुगीएको थियो । र् याली पछी आयोजित बिरोध सभामा बोल्नेअधिकाशं बक्ताले माओवादीको उक्त शैलीको सबैले बिरोध गरेका थिए । बक्ताहरुले स्वतन्त्र प्रेसमाथी भएको सघातिक हमलाको बिरोध गदैृ घटनामा संलग्नहरुमाथी कडा भन्दा कडा कारवाहीको माग गरेका छन ।बिरोध सभामा शाखा सभापति मोहन काजी उपसभापति बिष्णु सुब्बा लगायतले बोल्नुभएको थियो ।त्यसैगरी हिमाल मिडियामा भएको आक्रमणको झापाका बिभिन्न साचार सम्बद्ध सस्थाहरुले बिरोध गरेका छन ।समाजिक न्यायका लागी साचारस समुह पुर्व सन्देश दैनिक पाथीभरा एफएम। सप्तरगी एफएमले सयुक्त बिज्ञप्ती प्रकाशित गर्दै माओवादीको त्यस्तो किसीमको बाराम्बारको आक्रमण स्वतन्त्र प्रेस माथिको छाडो हमला भएको बिज्ञप्तीमा भनिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।