Wednesday, December 31, 2008

अनमिनले माओवादीको पक्षमा बोल्दै छ

दमक १६ पुस÷नेपाली कंग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले संयुक्त राष्ट्रसंघ अनमिनका प्रतिनिधि इयन मार्टिनले नियम विपरित माओवादीको पक्षमा वकालत गर्दै हिडेको आरोप लागाउनु भएको छ । नेता कोइरालालले नेपाली सेनामा हालै खुलाइएको नयाँ भर्नाका संम्बन्धमा मार्टिनले नियम विपपरित हस्तक्षेप गरेको टिप्पणी गर्नु भयो । नेपाल किसान संघले झापाको दमकमा आयोजना गरेको बैज्ञानिक भूमिसुधारका आधारहरु बिषयका दुई दिने कार्यसाला गोष्टीमा बोल्दै सो कुराको टिप्णी गर्नु भएको हो । नेता कोइरालाले भन्नु भयो नेपाली सेनामा खुलाइएको नयाँ भर्ना विगतका सहमतिको आधारमा भएको तर मार्टिन माओवादीको पक्षमा उभिएर बोल्दै छ । नेपाली कंग्रेस संविधान निमार्णको वाधक कहिले नबन्ने चर्चा गर्नुहुदै १२बुद्धे समझदारीमा भएका सहमतिहरु माओवादीलाई कार्यनवयन गराउनको लागी दवाप मात्र दिने गरेको सपष्ट पार्नु भएको छ । कार्यक्रमका अर्का वक्त नेपाली कंग्रेसका संगठन विभाग प्रमुख तथा पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले इतिहासका कालखण्डहरु देखिनै कंग्रेसले ऐतिहासिक भुमिका निर्वाह गरेको बताउदै नयाँ संविधान निमार्णमा पनि त्यही भूमिका निर्वाह गुर्न पर्ने र गर्न पनि तयार रहेको जानकारी दिनु भएको छ । मेची कोसीका १ सय भन्दा बढी कार्यकाताहरुको उपस्थितिमा रहेको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भानु सिग्द्धेल लगायत अन्य वत्ताहरुले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।