Sunday, December 7, 2008

एलभीको आन्दोलन सार्वजानीक

नेपाल सरकार र माच सम्बद्ध संघीय लिम्बूवा राज्य परिषद बिच २०६४ फागुन १८ गते भएको ५ बुदे सहमति कार्यनवयन नभएको भन्दै राज्य परिषद अन्तरगतको युवा संगठन लिम्बूवान भोलेन्टीयस्रले आन्दोलनको कार्यक्रम घोषण गरेको छ ।लिम्बूवान आन्दोलनको क्रममा सहादत प्राप्त राजकुमा आङ्देम्बे माङतोको परिवारलाई १० लाख रुपैया क्षतिपूर्ती दिने र माङतोलाई राष्ट्रिय सहिद घोषण गर्ने नेपाल सरकार र माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद बिच भएको सहमति राज्यले कार्यनवयन नगरेको कारण तत्काल सहमतिभएको कुारहरु ब्याबहारमा उतार्ने अवस्था सृजना गराउने उद्देश्यले आफुहरु आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न बाध्य भएको संगठनका केन्द्रीय कार्यभाहक कमाण्डर फक्ताङलुङ योङहाङद्धारा हस्ताक्षरित एक बिज्ञपतीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा कार्यक्रमको पहिलो चरणको आन्दोलन मंसिर २४ गते लिम्बूवानका ९ जिल्ला भरि राके जुलुर २५ गते आन्दोलनको नयाँ स्वरुप प्रतेक सावारी साधनको हुटमा बसेर सरकार बिरुद्ध नारावाजी गर्ने र पहिलो चरणको आन्दोलन प्रति सरकारले बेवास्था गरेका २७ गतेका दिन प्रत्येक प्रसासनीक निकायहरुमा धर्ना दिनु जस्ता कार्यक्रमको घोषण गरिएको छ । साथै बिज्ञप्तीमा आइतबार बिहान केर्खामा सवारी साधनमा तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका सतासीधाम-८ का नरेन्द्र तुम्बाहाङफे पसु्र राम ऋसीदेव र वाडा नं। ७ का सन्तोस लिम्बू पल्लो किरात राष्ट्रि माको कार्यकर्ता नभई आफ्नो कार्यकर्ता रहेकोले र उनिहरु तोडफेडमा संलग्न नरहेको जिखिर गर्दै आफ्नो कार्यकर्ताहरुको तुरुन्त रिहाको माग समेत गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।