दुर्घटनामा परेका आफ्ना आफन्तको उपचार खर्च पाउनुपर्ने माग गर्दै झापाको दमकका स्थानियले बुधबार बिहानै देखि महेन्द्र राजमार्ग अन्तर्गतको दमक सडक खण्ड अबरुद्ध गरेका छन ।गत मसीर १२ गते झापाको लखनपुरमा भएका सवारी दुर्घटनामा घाइते भएका लागी उपचार खर्चको माग गर्दै दमक बासीले सडक अबरुद्ध पारेका हुन । दुर्घटनमा गम्भीर घाइते बनेका झापा दमक १८ का बिष्णु माया राई र मणि चम्लगाईको उपचारका लागी आर्थिक समस्या परेकाले उपचारका लागी सम्बन्धीत निकायको ध्यानकाषर्ण गर्न सांकेतिक बिरोध गरेको छिमेकी पदम न्यौपानेले बताउनुभयो । उक्त दुर्घटनामा एकै परिवारका ३ सहित ९ को मृत्यु भएको थियो ।यसै बिच सोही बिषयलाई लिएर बस व्यवसायी र ट्रक व्यवसायीहरुको बार्ताको लागी पहल भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ ।
Wednesday, December 3, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।