Friday, December 5, 2008

जापानी राजदुत शरणार्थी शिविरमा

नेपालका लागी जापानी राजदुत तात्सु मिजुनोले भुटानी शरणार्थीहरु समाको दिर्घकालिन समाधान चाहिरहेको बताउनुभएको छ । शुरक्रबार झापाको दमक स्थीत बेलडाँगी शरणार्थी शिविरका भुटानी शरणार्थी शिविरको अबलोकन भ्रमण गर्ने क्रममा राजदुत मिजोनुले सो कुरा बताउनु भएको हो ।उहाँले बेलडागीँमा रहेको शिविरको स्थलगत निरिक्षण गर्दै जापान भुटानी शरणार्थी समाको दिर्घकालिन समाधान चाहिरहेको बताउदै त्यसका लागी आधारभुत आवश्यकता पुर्तीगर्न पनी तयार रहेको बताउनु भयो छ । भ्रमणको क्रममा उहाँले ेशरणार्थीहरुलाई शिविरको अब्यवस्थीत बसाई र भुटानी शरणार्थीको तेस्रो मुलुक पुनस्थापना प्रकृयाको बडो उत्सुकताका साथ जिज्ञासा राख्नुभएको थियो । नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुले निक्कै दुख र कष्ट झेलिरहेको आफुलाई अवगत रहेको उहाँले भेटपछी शरणार्थी प्रतिनिधीहरु समक्ष भन्नुभएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।