झापाको दमक बहुमुखी क्याम्पसमा आज साहित्यिक गोष्ठी संम्पन्न भएको छ ।
दमक साहित्यिक मंचको आयोजनामा भएको गोष्ठीमा डेढ दर्जन स्रष्टाले गीत गजल कविता हाइकु र तान्का वाचन गरेका थिए ।
मंचका उपाध्यक्ष उषा चौलागाई को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै साहित्यकार प्रकास आङदम्बे शिव रेग्मी प्रणतटंक आर्चाय र वैदिक अत्रिले साहित्यको माध्यमबाट समाज सुधारको बाटोमा युवा पूस्ता लाग्नु पर्ने बताउनु भयो । यसैबीच अमृत खनालको अध्यक्षतामा दमक साहित्यिक मंचको नयाँ कार्यसमिती पनि चयन गरीएको छ । जस्को उपाध्यक्ष उषा चौलागाई सचिव डम्बर बोहोरा सहसचिव नवीन प्राचिन कोषाध्यक्ष डिल्लीराम न्यौपाने सद युवराज पाखे भोजकुमार उप्रेती विमल दाहालजुनु कँडेल सुष्मा दाहाल चन्द्रकला विकविनोद न्यौपाने र सुरेश सुब्बा रहेका छन् ।
Tuesday, December 16, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।