दमक १३ को ऐलानी जग्गाको धनिपुर्जा बितरण केही दिन भित्र शुरु गर्न मन्त्री परिषदले निर्देशन दिएको छ । राजनैतिक खिचातानीका कारण बिवादमा परेको धनिपुर्जा बितरण सुचारु गर्न मन्त्रीपरिषदले निर्देशन दिएको हो । हिजो बसेको मन्त्रीपरिषदको बैठकले प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहलको अध्यक्ष्यतामा नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार जग्गा धनिपुर्जा बितरण सुचारु गर्न निर्देशन दिएको थियो । यस अघि माओवादी र एमालेले बेग्ला बेग्लै समिति गठन गरी धनिपुर्जा बितरण गर्ने बताएका थिए । केही दिन अघि एमाले नेतृत्वको एक टोलीले पुर्जा बितरणमा ढिलाई भएको भन्दै दमक नगरपालिकमा तालाबन्दी गरेका थिए ।मओवादी नेतृत्वको समितिले पुर्जा बितरणका लागी प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटी समस्याकाबारेमा अबगत गराएको थियो । उहाँले सो समस्या चाडै चाडै समाधान गर्नै आश्वासन दिनुभएको थियो ।प्रजिअ दहालले दमकमा साचालित दमक महोत्सव सकिए लगत्तै पुर्जा बितरणको कार्य अघि थाल्ने बताउनुभएक्ो छ ।
Thursday, January 1, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।