Thursday, January 1, 2009

महोत्सवको तयारी पूरा

शुक्रबार देखि झापाको दमकमा शुरु हुने दमक महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ ।पुर्वााचलको आुैद्योगिक पर्यटन एवं कृषि महोत्सव भनिएको सो मेलाको प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका महासचिव शंकर बस्नेतले स्टल बुकिङ सकिएको र साज सज्जाको काम बाकी रहेको जानकारी दिनुभयो । उहाँले १सय ५० स्टल रहेकोमा अब १० स्टलहरु बुक गर्न बाँकी रहेको बताउनुभयो । ७ दिन सम्म चल्ने सो महोत्सवमा १ लाख ५० हजार दर्शकले अबलोकन गर्ने र ४ करोड बढीको कारोबार हुने आयोजक दमक उद्योग बाणिज्य संघले जनाएको छ ।यसैबिच महोत्सव सुरक्षाका लागी शसस्त्र प्रहरी र जनपथ प्रहरीले छृुट्टा छट्टै प्रहरी बिट राख्ने बताएको छ । शसस्त्र प्रहरीले प्रहरी निरिक्षको कमण्डमा ७५ जना र शसस्त्र प्रहरीले निरिक्षक कै कमाण्डमा २५ जनाको टाली राख्ने जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।