-प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बिनियोजन गरिएबो रकमको प्रभावकारीकताको लागी तत्काल स्थानिय निकाय पुर्नगठन गरिने बताउनुभएको छ ।झापाको दमकमा शुक्रबारशुरु भएको पुर्वााचल स्तरिय औद्योगिक पर्यटन एव कृषि महोत्सवको रुपमा लिइएको दमक महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट गर्ने क्रममा प्रधानमन्त्री दाहालले स्थानिय निकायकाकार्य साचालनका लागी स्थानिय निकाय पुनर्गठन गरिनुपर्ने बताउनुभएको हो । वहाँले प्रत्येक गाबिसमा ३० लाख रुपैयाँ बिनियोजन गरिएको र त्यसको प्रभावकारीताका लागी पनी स्थानिय निकाय पुर्नगठनको खाचो भएको औल्यानुभएको हो ।प्रम दाहालले सरकार सँग अहिले थुप्रै समस्या र चुनौति रहेको उल्लेख गर्दै ंत्यसका लागी सबै जनताहरुको सहयोग आवश्यक रहेको बताउनाुभयो । नेपालमा राजतन्त्र उन्मुलन भएपनी राजनैतिक पार्टीहरुमा अझै राजतन्त्र बाकीँ रहेकोले त्यसलाई जरै देखि उन्मुलन गरी नयाँ सबिधान निमार्णमा गरिए मात्र नेपाली जनताको पक्षमा हुने कुरामा जोड दिदै बाँकी रहेका राजतन्त्रको समुल अन्तय गर्नको लागी सबै जनतालाई आ-आफ्नो तर्फ बाट सुरु गर्न समेत आग्रह गर्नु भएको थियो ।नेपालको अहिलेको प्रमुख समस्य लोडसेडिङ भएका र पहिलेका शासकहरुको दुररुपयोगका कारण लोडसेडिङ अझ बढेको आरोप लगाउँनु भएको छ । नेपालमा आर्थिक मन्दीको सम्भावना नदेखिएको बताउदै उहाँले बिदेशमा खोत्रो अर्थतन्त्र रहेको र त्यसको अनुसरण गरे नेपालमा दुर्घति आउने दाबि गर्नु भयो । उहाँले छुट्टै किसीमको अर्थतन्त्रको खाचो रहेको समेत औल्याउनुभयो । सानो मुलुकले ठुलो ताक्नु हुदैन त्यसका लागी सानै आवश्यक छ प्रचण्डले भन्नुभयो । एक अर्को प्रसंगमा अहिलेको अर्थतन्त्रमा बन्दले नकरात्मक प्रभाव पारेको बताउदै उहाँले बन्द सबैकालागी बन्द गरी दिन सबै रानैतिक संगठनलाई आग्रह गर्नुभयो । उहाँले आजै बिराटनगरका जुटमिलहरुमा गई मजदुरहरुलाई उनीहरुको समस्या बाताृका माध्यम बाट राख्न र बन्द फिर्ता लिन आग्रह गर्ने बताउनुभयो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।