सरकारलाई नेपाली सेनामा नयाँ भर्ती रोक्न माओवादी जनसेनाको बैठकले आग्रह गरेको छ। नेपाली सेनाले भर्ती प्रक्रिया नरोकेपछि माओवादी आफ्नो जनसेनाको आफ्नो रणनीति तय गर्न बसेको जनरल स्टाफ बैठकले भर्ती रोक्न आग्रह गरेको हो। माओवादी जनसेनाको सातवटै डिभिजन कमान्डरहरुबीच सेना समायोजनका विषयमा छलफल भएको र आगामी फागुन १ गते नवलपरासीको चौथो डिभिजन रहेको शिविरमा जनसेना दिवस मनाउने निर्णय भएको जनसेनाका कमान्डर नन्दकिशोर पुन पासाङले जानकारी दिनुभयो। माओवादीले जनयुद्ध सुरु भएदेखि नै फागुन १ गते जनमुक्ति दिवस मनाउँदै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास नयाँबजारमा भएको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय औपचारिक रुपमा जानकारी दिनुभएको थियो। बैठकमा शिविरमा रहेका छापामारको अवस्थालगायतका बारेमा छलफल भएको थियो। यस्तै माओवादीको चारमहिने अभियानलाई जनसेनाले क्याम्पभित्रैबाट सहयोग र समर्थन गर्ने निर्णय पनि बैठकले गरेको छ।
Saturday, January 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।