पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दैै पल्लो किरात राष्ट्रिय माचले आवहान गरेको मची कोशी बन्दको झापामा आशिक प्रभाव परेको छ ।पुस ४ गते कोशी बन्दका क्रममा मोरङको पथरीमा सबारी साधन आगजानीमा सलग्ान ५ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा माचले बन्द आवह्ान गरेको हो । बन्दका कारण मेची राजमार्गबाट पुर्वी पहाडका लागी छुटने कुनैपनी सबारी साधनहरु चल्न सकेन ।
बन्दबाट झापाका बजारहरु बिर्तामोड दमक भद्रपुरमा समेत यातायतका साधनहरु आिशंंक मात्रै चलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज प्रहरीको झापाको दमक स्थित चिया बगानबाट माचका २ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा पाथचरका दमन राई र जिवन राई रहेका छन । उनीहरुले धरानबाट आइरहेको को१ख २३५५ नम्बरको सन्जीबनी ट्राभल्समा तोडफोड गर्न खोजेको प्रहरीले आरोप लगाएको छ ।प्रहरीका अनुसार स्कटिङका माध्यमबाट सबारी साधनहरु चलाइरहेको जानकारी दिएको छ । बजार कलकारखाना शिक्षण सस्था भने सुचारु रहेका छन ।यता झापाको दमकमा भोली देखि शुरु हुने दमक महोत्सवलाई असर पार्ने कुनै कीसीमको बन्दका कार्यक्रम नल्याउन आयोजक दमक उद्योग बाणिज्य संघले आग्रह गरेको छ । बन्द आयोजक माचका महासचिव शेर्माहाङ याम्थुम्बाले मोरङ प्रशासन आफ्ना कार्यकर्ताको रिहाईका लागी गम्भीर नभएको भन्दै आफ्नो बन्दको कार्यक्रम फिर्ता नहुने जनाउ दिनुभएको छ । उहाँले महोत्सवलाई मध्यनजर गरेर बन्दको स्वरुप परिर्वतन गर्न सकिने समेत बताउनुभयो ।
banda ra hadtal ta nepal ko lagi nabhai nahune kura bhaisakyo ajkal
ReplyDeleteAile ta jhan electricity banda le thulo dukha diraheko cha.
What do you think about it?
Happy blogging