महोत्सवमा विशेष व्याक्तिहरुलाई दिने गरिएको प्रवेश-पत्र नपाउदा राजनितिक कायकर्ताहरुले राजमार्ग नै अवरुद्ध गरे यसरी बन्द गनुृ कति उचित होला । कुरा दमक महोत्सव २०५६ को हो । पुस १८ देखि २८ गते सम्पन्न हुने गरि सुरु भएकोको दमक माहोत्सवमा आयोजकले मागे जती प्रवेशपत्र नदिएको भनेर माच संम्वद्ध संघिय लिम्बूवान राज्य रिसद कुमार लिङ्देन समुहले महोत्सव उदघाटन भएको केही समय पछिनै आफुलाई प्रवेश-पत्र नदिएर अपमान वेवास्था गरेको भन्दै पत्रकार सम्मेलन गरेर महोत्सव लगाउनै नदिने जस्ता धम्की दिने काम गरे प्रस्चात आयोजक कमिटि र दमक क्षेत्रका अन्य पार्टी प्रतिनिधि संघ सस्थाहरु र परिषद बिच बसेको बैठकले लिम्बूवानलाई पनि केही प्रवेश-पत्र दिने सहमती भएको थियो । प्रवेश पत्र पनि दिने काम समेत सम्पन्न भयो । तर प्रवेश पत्र लिएर गएको भोलीपल्ट अर्थात महोत्सवको दोस्रो दिन साझ पख पुन सोही समुहले आफुलाई मागेको जती प्रवेश पत्र नदिएको भन्दै दमक क्षेत्रमा पूर्ण रुपमा नै यातायात ठप्प बनाएका थियो । त्यतिकै पनि पहिलोदिननै महोत्सव लाग्न दिदैनौ भन्ने जस्ता अभिव्यत्तिका महोत्सव अवलोकन गर्नका लागी तयार भएका कति अवलोकन कर्ताहरुको यपस्तिथि रहेको थिएन । कारण महोत्सवको दोस्रो दिन पनि सोचे जती मेला अवलोकन कर्ताहरुको उपस्थिति पाउन सकिएन । धेरै समय अगाडी देखि बन्द हड्तालहरु बाट थकित भएको नेपाली जनताहरुलाई अव भने बन्द भन्ने कुराले थकित मात्र होइन हैरान तुल्याएको छ । यस्तो अवस्थामा रहेको जनताहरुले बन्द भन्ने कुरा सुन्न साथ सम्पूर्ण कामकुराहरु छाडेर वस्ने गर्दछ । यस्ता प्रकारका अभिव्यत्तिहरुक्ो कारणले गर्दा दुनियाकेा व्यावसायनै धरासयमा परेको छ । अव भने राजनैतिक दलहरुले राम्रो संग बुझेर काम गर्ने दिन आएको छ । खै के हो नबुझेको होकी कि आफ्नो पहुज देखाउन खोजेको हो । त्यो सर्वसाधारण जनताले भने बुझ्न सकेका छैनन् । यसरि बन्द हड्ताल चक्काजाम धम्की दिने समुहरुकोक होत त्यो सवै जनताले बुझिसकेका छन तिनै नयाँ नेपनल निमार्ण गर्छौ भन्दै तस्करी गर्दै लुटपाट गर्दै सामान्य एउटा मेलामा दिइने प्रवेश-पत्र आफुले पनि पाउनु पर्छ भनेर माग्दा आयोजकहरुले कार्यक्रमा आर्थिक रुपमा कमजोर अवथा कार्यक्रम घाटामा जान सक्ने सम्भावना बढी भएको कारण उनिहरुले मागेको जती प्रवेश पत्र दिन नसक्दा चक्काजाम गर्नेहरु भनेर ।कुरा एउटा टिकटको मात्र हो जुन टिकटको मुल्य भने रु २० मात्र रहेको छ । साचिकै भन्ने हो भने २० रुपैया सामान्य भयोएक ठाउ नास्ता खान बस्दा कुनै पनि व्यत्तिले रु २० मात्र होइन रु २सय सम्मको खाएको पनि पाउन सक्छौ हामि । एकै ठाउँमा २ सय रुपैया खान सक्ने हामि युवाहरु किन रु २० मा दुनिया जनतालाई असर पर्ने काम गर्न अगाडी बढेका छौ । अव भने युवा पुस्ताले सोच्ने दिन आएको छ । तर भने संघिय राज्य साचालन गर्ने धाकका साथ अगाडी बढेको संघीय लिम्बूवान राज्य परिषदको यस्तो नालायक कर्याले भने दमक वासी जनताहरुको मनष्थिति झनै खलवलाएको छ । यस क्षेत्रका जनताहरुले लिम्बूवान माथी जति आसा अपेक्षा विश्वास गरेका थिए तर अव भने ती सबै कुरा पाउन भने लिम्बूवानलाई धेरै चुनौतीको कुरा रोहेको छ । यस्तो समस्या लिम्बूवानमा मात्र होइन कुनै पनि राजनैतिक दलहरुमा रहेको हामी पाइरहेका छौ । अहिले जनतामा ठूलो प्रश्नको रुपमा उत्पन्न भएको कुार यो होकी देश बनाउछौ भनेर गित गाउदै हिड्ने गिताङ्गेहरु यस्तो साना मसिना कुराहरुमा खिच्चातानि गरेर बसिरहेका छन के यिनिहहरुले साच्चिकै नयाँ नेपाल निमार्ण गर्लान त हो यो प्रश्न सर्वसाधारण जनतामा उठिरहनु स्वाभिकै हो किनकी अहिले राजनैतिक दलहरुको लाचारिपन हेर्दा हामी सबैलाई यस्तै हुने गर्दछ । र एकउटा कुरा साचो पनि राष्ट्र निमार्ण गर्ने नाराका साथ अगाडी बढीरहेका दलहरुले यसतो कुराहरुमा यस्तै व्यावहर गर्ने हो भने नयाँ नेपाल होइन धक्काएर खाने नेपाल मात्र निमार्ण हुने छ । अब सबै दलहरुले यस बिषयमा गहिरो रुपमा सोच्ने दिन आएको छ । कुनै ठाउँमा मेला महोत्सव कुनै व्यत्तिको लागी आयोजना गरिएको हुदैन । त्य क्षेत्रका सबै जनताको लागी आयोजना गरिएको हुन्य । महोत्सव मेला हुनु नराम्रो होइन रत महोत्सवको प्रकृयाहरु प्नि गलत छ । जुन प्रकृया हो पस प्रकृया साचिकै महोत्सव विवाद रहित बनाउने नै हो भने यो सिस्टमको पूर्ण अनत्य हुन जरुरी छ । यस्तो महोत्सव दमकमा मात्रै होइन देशका अन्य धेरै ठायँहरुमा सम्पन्न हुने क्रम जारी नै छ । अपेक्षा गरौ कुनै पनि महोत्सवमा यस्तो कार्य नहोस ।
Saturday, January 3, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।