Thursday, January 8, 2009

मुख्य सचिव कर्मचारीलाई पङ्गु बनाउन लागेको छ

सरकारका एक उच्च शैक्षिक अधिकारीले सरकारकै मुख्य सचिव भोजराज घिमिरे राष्ट्रसेवक कर्मचारीहरुलाई पङ्गु बनाउन लागिपरेको आरोप लगाउनु भएको छ । पाठ्क्रम बिकास केन्द्रका कार्यकारी निर्देशक हरिबोल खनालले बिहिबार झापको गौरादमा निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन झापाको १९ औ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बल्दै निर्देशक खनालले सरकारले घिमिरे जस्ता व्यत्तिहरुलाई सचिव बनाएर नेपाली जनातालाई र राष्ट्रसेवक कर्मचारीहरुलाई पङ्गु बनाउन खोजेकोले यो कार्य ठिक नभएको बताउनु भएको छ । वहाले घुमाउरो तरिकाबाट भन्नु भयो मुख्य सचिव आफु बन्ने अन्तिम चरणमा पुगेतापनि विभिन्न सडयन्त्रका कारण बन्न नसकेको र त्यो पदको लागी आफु योग पनि रहेको खुलासा गर्नु भएको छ । लगाउनु भएको छ । वहाँले भन्नु भयो सचिव बन्नको लागी मेरो कुरा अन्तिम चरणमा पुगेको थियो तर भोजराजले नियोजित सडयन्त्र गरेर मलाई सचिवबाट हटाई उ नियुक्त भएकोले यस प्रति म असन्तुष्ट रहेको छु । साथै सरकारले नियुत्त सचिव अयोग्य भएको कारण हालको सरकारले तार्किक निस्कर्ष लिन नसकेको बताउनु भएको छ । उत्सवको अवसरमा झापाको विभिन्न क्षेत्रमा रहेर शैक्षिक क्षेत्रमा लामो समयदेहि सेवारत श्रीमती साबित्रा जोसी तुङ्ग बहादुर बस्नेत रामदेव शर्मा लक्ष्मी प्रसाद उप्रेती शेखरराज दाहाल र २०६४ को प्रवेसिका परिक्षामा झापामा रहेको निििज बिद्यालयबाट सर्वोकृष्ट अंक ल्याएर उतिर्ण एक छात्र र छात्रा सर्योदय बोडिङ स्कुल दमकका हेमन्त दाहाल र हिमालय एकेडेमी मेचिनगरका रिस्ता पराजुली लाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।प्याप्सन झापाको अध्यक्ष गोबिन्द लम्सालको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिपक शर्मा प्यापसनको केन्द्रीय उपाधयक्ष हरि कुमार प्र्रसाई लगायतले बोलनु भएको थियो भने स्वागत मन्तव्या प्यापसन झापाका सल्लाकार राम प्रसाद सिटौलाले गर्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।