संघिय लिम्बूवान राज्य परिषदले तत्काल राज्य पुनसंरचना आयोग गठन गर्न सरकार संग माग गरेको छ । परिषदको पुस २२ देखि २४ गते सम्म झापाको दमकमा भएको केन्द्रीय कमिटिको निर्णहरु सार्वजानिक गर्न बिहिबार झापको दमकमा आयोजित पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष कुमार लिङदेन मिराकले त्यस्तो माग अघि सार्ने निणर्य भएको जानकारी दिनु भयो । बैठकले इलामको पशुपति नगरमा भारतीय पक्षबाट भएको सिमा अतिक्रमणको बिरोध जनाउदै भारतले आफ्नो विस्तारवादको क्रमलाई तत्काल नरोके उ विरुद्ध कडा आन्दोलनको कार्यक्रम समेत ल्याउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा वितरित पे्रस विज्ञप्तीम्ा राज्य पुन संरचना आयोगमा लिम्बूवान प्रतिनिधि सामेल गर्नु पर्ने र ६४ साल फागुन १८ गते सरकार र परिषद बिच भएको सहमति कार्यनवयनको पनि मागठ रिएको छ । त्यसै गरि राष्ट्रिय आदिवासी गणतान्त्रिक मोर्चामा आफ्नो पार्टी सअभागी नहुने जनाउ सददै परिषदले आगामि फगुन १८१९ र २० गते पान्थर जिल्लाको फेदेनमा दोस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत सार्वजानिक गरिएको छ ।
Thursday, January 8, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।