Sunday, January 18, 2009

बाल श्रम सोषण सम्बन्धी कचरी नाटक

गन्तब्य थि्रएटर झापाले माध्यामिक तहका बिद्यार्थीहरु संग बाल श्रम सोषण सम्बन्धी धारण संकलनका लागी कचरी नाटक सुरु गरेको छ । विगत केही महिना अगाडी गुरुकुल काठमाण्डौको सहयोगमा झापाल इलाम धनकुटा मोरङ सुनसरी र पान्थर लगायत पूर्वााचलको विभिन्न जिल्लाहरुमा महिला अधिकार संम्बन्धी कचरी नाटक मार्फत सुझाव संकलन गरेर संविधान सभाको हल सम्म पुर्र्याउने कार्य सम्पन्न गरेको हो ।
कुनै पनि स्चित कलाकार नहुने नाटक नेपालको लागी नौलो नाटक भएको थि्रएटरका अध्यक्ष तथा साहित्याकार प्रकास आङदेम्बेको भनाइ रहेको छ । आङदेम्बेका अनुसार उत्त नाटकमा जो कोही दर्शकहरुले पनि सहजै रुपमा आफ्नो समस्या राख्नपाउने छन त्यसरी राखिएको समस्याको लाई नाटक मार्फत नै जवाफ दिने गरिन्छ । जुन नाटकमा दर्शकहरुको राय सल्ला सुझावहरु क्ागजको चिट मार्फत स्वायम सेवकहरुले लिने गरिन्छ । त्यसरी लिइएको जनमतहरुलाई काठमाण्डौको गुरुकुल मार्फत संविधान सभाको हल सम्म लैजाने गरिन्छ । सर्वप्रथम ब्राजिलमा संबिधानसभाको चुनावमा संविधान निमार्ण सम्बन्धी प्रयोग गरिएको सो नाकको पयोग नेपालमा दोस्रो पल्ट भएको आङदेम्बे दावी गर्नुहुन्छ ।अरु कार्यक्रमहरुमा विभिन्न संघ सस्थाहको सहयोगमा अभियान साचालन गरेर हिड्ने गन्तब्य झापाले यो कार्उक्रमको लागी कसैको सहयोज पाएको छैन आफ्नै सृजनसिलतामा कार्याक्रमको आयोजना गरिएको आङदेम्बेको भनाइ रहेको छ । वहाँ भन्नु हुन्छ बाल श्रमसोषण तिब्र रुपमा भइरहेको अवस्थामा नयाँ संविधान बन्ने समय आएको छ त्यसैले यो समयमा यस्तो कार्य आफैमा महान कार्य हो । सुझाव संकलन कार्य झापाको दमकबाट सुरु भई हाल दमकका विभिन्न स्कुलहरुमा प्रदर्शन भइरहेको र दमक भन्दा बहिर जानको लागी आर्थिक सहयोक कसैबाट भए अन्य ठाउँहरुमा पनि लैजाने मनोसाय रहेको गन्तव्य थि्रएटरका सचिव दिनेश राजवंशीको भनाइ रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।