गगन पुरी
महान तथा गौरवशाली इतिहाँस बोकेका दुई ओटा कयूनिष्ट पार्टी नेकपा माओवादी र नेकपा एकताकेन्द्र मसाल वीच गएको पुस २९ गतेका दिन पार्टी एकीकरण भई एकिकृत नेकपा माओवादी निर्माण भएको छ । आज हाम्रो लागी खुःसीको कुरा यो छकि त्यसरी बेग्ला-बेग्लै समूहमा विभाजित २ क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुको एकताले नेपालको कम्यूनिष्ठ आन्दोलनमा नयाँ आयाम मात्र थपेको छैनकी त्यसले नेपाली क्रान्तिको लागि ऐतिहासिक जिम्मेवारी समेत पूरा गरेको छ । एकिकृत नेकपा माओवादीले आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्स्रवाद लेनिनवाद माओवाद÷ बिचारलाई लिएको छ भने प्रचण्ड पथलाई आन्तरिक वहसको बिषय बनाएको छ । माक्स्रवाद लेनिनवाद माओवाद÷ बिचारधारको आधारभूत मूल्य मान्यतालाई आत्मासाथ गर्दै नेपालको विशिष्टता एवं मौलिकताका आधारमा सिर्जनात्मक ढंगले नेपाली क्रान्तिलाई प्रयोग गर्दै अगाडी बढाउने र नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गरेरै छाड्ने प्रतिवद्धता सहित भएको यी २ क्रान्तिकारी वीचको एकताले निश्चयनै नेपालको वाम आन्दोलनमा आन्तरीक तथा वाह््य दुवै हिसावले महत्वपूर्ण भूमिका रहेको छ । वताइरहनु पर्ने आवश्यकता छैनकी त्यसरी नेकपा माओवादी र नेकपा एकताकेन्द्र मसाल वीच भएको पार्टी एकता कुनै यो ठूलो र चुनावी पार्टी बनाउने अवसरवादी उद्देश्य राखेर नभई क्रान्तिकारी आन्दोलनमा इतिहाँसले सुम्पिएको ऐतिहासिक कार्यभारलाई पूरा गर्ने क्रान्तिकारी उद्देश्य द्धारा नै भएको छ । तसर्थ यसले क्रान्तिकारी आन्दोलनमा ठूलो महत्व राख्छ । त्यसकारण यो पार्टी एकतालाई नेपालका साथै संसारभरका सच्चा माक्स्रवादी लेनिनवादीहरुले स्वागत शुभकामना गर्नै पर्छ । हामि सबैलाई अवगत भएको कुरा यो छकि आज विश्व कम्यूनिष्ट आन्दोलन अत्यन्तै कमजोर र रक्षात्मक स्थितिमा छ । भएका क्रान्तिकारीहरु पनि एकतावद्ध हुन नसकी एक वा अर्को प्रकारको वाहानामा विभिन्न चिरामा छरिएर रहेका छन । विश्वमा अमेरीकी साम्राज्यावादको एकल दादागिरी र साम्राज्य कायम छ । विश्वमा सफल भएका कम्यूनिष्ट मुलुकहरुमा पनि प्रतिक्रान्ति भई त्यसको नेतृत्वमा संसोधनवादी दक्षिणपन्थिहरुको वर्जस्व छ । संसारको यस कमजोर परिवेसमा नेपालमा वाम आन्दोलनको जुन स्थिति छ । यो अत्यान्तै सकरात्मक र आशालाग्दो छ । जसले भविश्यमा विश्व कम्यूनिष्ट आन्दोलनलाई मार्ग दर्शक गर्ने सम्भावना प्रवल छ । नेपालमा वामपन्थीहरुको वर्चस्व सरकार सदन सडक देखि चारै तिर मजबुत अवस्था कायम छ । यथपि नेपालमा पनि दक्षिणपन्थि अवसरवादी मध्यपन्थि एवं जडसुत्रीय संसोधनवादीहरु पनि नभएका होइनन् । काफीहद सम्म ती अवसरवादी प्रवृतिहरुको प्रभाव आन्दोलन माथि परेकै छ । तर ती अवसरवादी प्रबृती र नेतृत्वहरु एक पछि अर्को गर्दै दिनप्रतिदिन जनताको बिचबाट नाङ्गिदै गएका छन । र तिनिहरु क्रमस संगठनात्मकआन्दोलन बिचारधारात्मक एवं सिद्धान्तको क्षेत्रबाट ह््ास हुदै कमजोर हुदै गइरहेका छन् । खास गरि २०५२ सालमा नेकपा माओवादीको नेतृत्वमा संाचालित भएको जनयुद्ध त्यसको जगमा विकसित भएको ऐतिहासिक जनआन्दोलन संविधानसभा राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना संविधानसभामा कम्यूनिष्ट क्रान्तिकारी नै अग्र स्थानमा आउनु आदिले आम जनता कम्यूनिष्टहरु प्रति विश्वास गर्दछ भन्ने कुराको पुष्टी भएको छ । साथै नेपालको क्रान्तिकारीहरुको भविश्य एकदमै सुन्दर छ । नेपालको कम्यूनिष्ट आन्दोलनलाई अन्तरराष्ट्रको रुपमा बिकसित गर्न बिचारधारात्मक राजनैतिक एवं संगठनात्मक सबै हिसावले सकारात्मक र ठोस योगदान पुर् याएको छ । लेनिन स्टालिन र माओको मृत्यु पछि कम्यूनिष्ट अन्तराष्ट्रमा बिचारधारात्मक एवं संगठनात्मक दुबै हिसावले संकट पैदा भइरहेको र संसारका प्रतिकृयावादी तत्वहरु एक वा अर्को वाहानामा कम्यूनिष्ट बिरुद्धमा योजनावद्ध ढङ्गले लागि परिरहेको यस अवस्थामा यी २ कम्यूनिष्ट पार्टीहरु बिचको एकताले कम्यूनिष्ट अन्तराष्ट्रमा समेत विशेष योगदान र महत्व राख्ने छ । लेनिनले सर्वहारावर्गिय पक्षधरको बीचमा एकतामा सधै जोड दिएर पार्टी आन्दोलनमा देखा पर्न अवसरवादका विरुद्ध सम्झौताहिन संघर्ष गरेर नयाँ ढंगको कम्यूनिष्ट पार्टी निर्माण गर्नु भएको थियो । सहि माक्स्रवादी लेनिवादीहरुका लागि एकताको सन्र्दभमा क्रान्तिकारी सिद्धान्त र कार्यदिशा नै मूख्य पक्ष हुन्छ र त्यसलेनै निर्णयक भूमिका निर्वाह गर्ने कुरा माथि लेनिनले त्यो बेला नै जोड दिनु भएको थियो । निश्चयनै एकताको गाउँमा सिद्धान्त दृष्टिकोण क्रान्तिकारी कार्यदिशासंगठनात्मक पक्षलाई गौण गराएर खाली ठूलो पार्टी बनाउने उद्देश्यले गरिने एकता वास्तावमा त्यो एकता नभई जनता माथिको झन खेलवाड र अपवित्र गठवन्धन र सम्झौता हुने छ । तर वास्तवमा नेकपा माओवादी र नेकपा एकताकेन्द्र मसालको बिचमा भएको पार्टी एकता त्यसरी क्रान्तिकारी सिद्धान्त उदेश्य भावना स्प्रिट लाई गौण गराएर नभई वास्तवमै क्रान्तिको अभिभारा पूरा गर्ने उदेश्य र आवश्यकताका आधारमा भएकाले यो माक्स्रवादीलेनिनवादी तरिका हो र यसले नेपालको कम्यूनिष्ट आन्दोलनमा थप उचाई प्रदान गरेको छ । यहाँ के कुरा बताइरहनु पर्ने आवश्यकता छैन भने यदि आन्दोलनको बिचमा रहेका सबै कम्यूनिष्ट क्रान्तिकारीहरुका बीचमा एकता नभए सम्म र सबै क्रान्तिकारीको एउटै केन्द्र नवने सम्म जनवादी सत्ता स्थापना गर्न सकिदैन भने तत्कालका लागी हाम्रा सामु देखा परेका नयाँ अग्रगामी संविधान निमार्ण गर्ने सामाजिक आर्थिक रुपान्तरण गर्न शान्ति कायम गर्न जस्ता प्रश्नलाइ संम्बोधन गर्न समेत मूस्कील पर्दछ । तसर्थ क्रान्तिकारीहरुको बिचमा एकता अपरिहार्य आवश्यकता बनेको छ । आज हाम्रो लागी दुःखको कुरा यो छकि माक्स्रवाद वा क्रान्तिका आधारभूत सवालमा एकरुपता वा समानता हुदाँ हुदैँ पनि थुपै्रै समूहरु एक नभएर विभाजित अवस्थामा रहेका छन । विश्व दृष्टिकोण कार्यदिशा आमसिद्धान्त तथा संगठनात्मक सवालमा समानता भएपछि अन्य झिाना मसिना कम महत्वका बिषयलाई गंम्भिर महत्वको बिषय बनाएर कम्यूनिष्ट तथा क्रान्तिकारी एकतामा अवरोध सृजना भइरहेको छ । जसले कम्यूनिष्ट आन्दोलनमा दुरगामी असर पारीरहेको छ । नेतृतवको संकिर्ण सोचाई कार्यनैतिक अन्तरबिरोध नेतृत्वको नेतृत्व सम्बन्धी टकराव एक अर्का बिच अस्वस्थ्य सम्बन्ध परम्परावादी सोचाई टुट फुट र भुरे टाकुरे सोचाई आदीले प्रवृतिगत घर गर्नाले अझै पनि सम्पूर्ण कम्यूनिष्टहरुको बीचमा एकता सम्पन्न हुन सकिरहेको छैन । यस्तो अवस्थामा हालै सम्पन्न दुई पार्टी बिचको एकताले जुन कदम उठायो यो स्वागत योग्य मात्र नभई वास्तवमै कम्यूनिष्ट आन्दोलनका लागी यसले ठूलो योगदान पुर् याएको छ । अव नेपाली क्रान्तिकारीका सामू २ प्रकारका विकल्पहरु खुल्ला रहेका छन । प्रथम तत्काल क्रान्तिकारी ध्रुविकरणको दिशामा अगाडी बढ्नु दोस्रो धुविकरणलाई केन्द्रमा राखेर संयुक्त मोर्चाको दिशामा अगाडी बढ्नु । यी दुई विकल्पहरु मध्ये प्रथम हाम्रा बिचमा साझा धारणा भएका कम्यूनिष्ठ क्रान्तिकारीहरुले तत्काल एकता गरि नेपाल र विश्व कम्यूनिष्ट आन्दोलनलाई नयाँ उदारण दिनु पर्छ र तत्काल त्यो सम्भव नभए राष्ट्रियता जनतान्त्र जनजिविकाका सवालमा क्रान्तिकारीहरुको एउटै केन्द्र बनाउने उद्देश्य राखेर संयुत्त मोर्चामा सामेल हुनु पर्छ । त्यसको उद्देश्य पनि अन्तत कम्यूनिष्ट एकताको लागि आधार जमिन तैयार पार्नु हुनेछ । वास्तवमा त्यसरीनै मात्र हामी हाम्रो क्रान्तिकारी आन्दोलनको महान यात्रामा सफल हुने छौ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।