Friday, January 16, 2009

ऐतिहासिकताको आधारमा मात्रै स्वायतत्ता हुदैन

संघीय राज्य ऐतिहासिकता जातीय क्षेत्रीय भाषिक र भौगोलीक आधारमा निमार्ण हुनु पर्ने किरात राई यायोख्खाका केन्द्रय महासचिव चन्द्रबिक्रम राईल बताउनु भएको छ । किरात राई यायोख्खाले शुक्रबार भापाको दकममा आयोजना गरेको पत्राकर सम्मेलनमा बोलदै नेता राईले पुर्वमा केही समुहले संघीय राज्यको लागी ऐतिहासिक रुपमा आफु बलियो भएको भन्दै राज्यको माग गरिहरेको कारण त्यो बेठिक रहेको बताउनु भएको छ । वहाँले एक अर्को प्रसंगमा सम्पूर्ण किरातहरुको चाहाना बन्न पुगेको किरात राज्य स्थापनाको लागी आफ्नो संस्थाले जातिय भाषिक ऐतिहासिक भौगोलीक सबै आधारहरुमा आफु बलियो भएको कारण पूर्वााचलको १६ ओवा जिल्लालाई किरात स्वमयतत्ता राज्य स्थापनाको लागी विगत केही दिन अगाडी देखि पहिलो चरण अन्तरगत अन्तकृया कार्यक्रम र संगितिक कार्यक्रम लाई अगाडी बढाएको जानकारी दिनु भएको छ । यसै अन्तरगत शुक्रबार झापाको दमकमा संगीतिका कार्यक्रम सम्मपन्न गरेको छ । कार्यक्रममा संस्थाका केन्द्रीय कलाकारहरुको किरात राज्यको स्थापनाको आधारहरु सहित तयार गरिएको गित संगित गाएर संगीक कार्यक्रम सम्पन्न गरेको थियो । यस्तो संगीतिका कार्यक्रम केही दिन अगाडी पान्थरमा उदघाटन गरेर हाल पूर्वााचलको १६ जिल्ला भरि चलिरहेको संस्थाका केन्द्रय सदस्य पारसमणि राईले जानकारी दिनु भएको छ । कार्यक्रम संस्थाका झापा जिल्ला सन्तकुमार राईको सभापत्तित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।