Friday, January 30, 2009

नेतृत्व बिकासमा जेसीसको योगदान अपरिहार्य

झापा क्षेत्र नं। ७ का संविधान सभासद विश्वदिप लिङदेनले नेपाल जेसीसले नेपाली युवाहरुमा नेतृत्व बिकास गर्न ठूलो भूमिका निर्वाह गरेको बताउनु भएको छ । प्रेम राष्ट्रियता र मानवता आजको अहावश्यकता भन्ने नाराका साथा दमक जेसीज वर्ष २००८ ले आयोजना गरेको २७औ पदस्थावना तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथिको आसन मार्पुत बोल्दै सभासद लिङदेनले आफ्नो स्थापनाकाल देखिनै युवाहरुको नेतृत्व बिकास गर्ने भट्टीको रुपमा नेपाल जेसीस स्थापित भएकोले जेसीका हरेका कृयाकलापहरु पछ्याउन योग्य रहेको बताउनुभएको छ । त्यही क्रममा दमक जेसीसले स्थानिय युवाहरुको नेतृत्व बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नु भयो । साथै वहाँले जनपक्षिय संविधान निमार्णमा जेसीसले पनि अहम भूमिका खेल्लन सक्ने भएकोले त्यस तर्फ लाग्न आवाहान गर्नु भएको छ ।दमक जेसी वर्ष २००८ को अध्यक्ष संगम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवेसीका परिक्षामा झापाबाट सर्वोकृष्ट अंक ल्याई उतिर्ण हिमालयन ऐकेठेमीका बिद्यार्थी रिस्ता पराजुली र सुर्योदय बोर्डिङ स्कुल दकमका हेमन्त दाहाललाई नगद २÷२ हजार प्रमाण पत्र तृष्ण रतन्दा स्मृती पुरस्कार प्रदान गरिएको थियो । त्यसै गरि झापा क्षेत्र नं। ७ बाट सर्बोकृष्ट अंक ल्याउने विहा पाठक र हेमन्त दाहाल लाई गणेशबहादुर भट्टराई स्मृती पुरस्कार र सामुदायीक बिद्यालयबाट सर्बोकृष्ट अंक ल्याउने बिबेक चौहान र सेनिना निरौलालाई बेदहृदय स्मृती पुरीकार प्रदान गरिएको थियो । भने २००८ को उत्कृष्ट जेसीको रुमाप स्वास्थ्य संयोजक बिष्णृु पौडेल सम्मान गरिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।