Tuesday, January 6, 2009

पवनका कर्याता जनाउने पक्राउ

बिगत केही समय यता दमक क्षेत्रमा धम्की चन्दा आतङक तथा विष्फोटमा संलग्न रहेका तीज जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरीका र्यलय दमकले मंगलबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी नअुसार पक्राउ पर्नेहरुमा आफु संयुक्त जनतान्त्रिक तराई मुक्ति पवन सिह समुह जनमुक्ति सेना मेची कोसी कमाण्डर जनायने पृथ्वी राज चौहान उपनामका ५० वर्षीय दशरथ मुखिया रहेको छन । साथै सोही समुहका कार्यकर्ता ज्ञानवती महतो र रन्जित महतो पक्राउ गरिएको इलाका प्रहरी कार्यलय दमकले जानकारी दिएको छ । अभियुक्तहरु बिगत केही समय अगाडी दमकमा भएको बिना क्ष्यतिको बम बिष्फोट र जवरजस्ती भन्दा असुल तथा धम्की कार्यमा सकि्रय रहेको जनाइएको छ । उनिहरुको साथबाट २ थान मोवाइल ४३ हजार नगद चन्दाको लागी लेखिएका धम्कीपत्र व्यानर पर्चा लयायत बरामद गरिएको छ । उनिहरुबिरुद्ध चन्दा आतङ्क विरुद्ध कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यलय दमकका प्रही निरिक्षक गोविन्द राज काफलेले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।