Monday, January 12, 2009

खजुरगाछीमा आधार सिविर

राष्ट्रिय सुरक्षा निति २०६५ अनुसार सरकारले झापाको सिमावती खजुरगाछी गाविसमा सिमा सुरक्षा आधार सिविर स्थापना गरिएको छ । त्यहाँ स्थीत छोटी भन्सार कार्यालय परिसरमा ससश्त्र प्रहरी निरिक्षक सहतिको। ४६ सदसिय टोली सोमबार बाट रहेको हो । ससश्त्र प्रहरीले सिमा क्षेत्रमा हुने चोरी निकासी पैठारी नियन्त्रण गरि राजस्व असुलीमा वृद्धी गर्न अपनाउनु पर्ने रणनितिबारे सोमबा नै अन्तरकृयातमक छलफल समेत आयोजना गरेको छ । कार्यक्रममा खुजुरगाछी गाविसका सचिव चन्द्रमोहन सिह उद्योगबाणिज्य संघ गौरीगाज खजुरगाछी शाखाका सचिव निरज अग्रवाल लगाउत स्थानिय राजनैतिक दलहरुका प्रतिनिधिहरुले बोलेक थिए । लखनपुर स्थित पाथिभरा गणका गणपत्ति बालकुमार श्रेष्ठले झापाका तागन्डुब्बा र अर्को एक ठाउँमा पनि सोही किसिमका सिविर रहने जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।