Sunday, February 1, 2009

आज प्रगतिसिल कविता


संसार हार्ने र जित्नेको हो
सेसेहाङ् फियाक लिम्बू

तिमी जहाँ जन्मेका छौ
त्यो संसार
हार्ने र जित्नेको हो ।


जसले
हार्न र जित्न जान्दैन
उसको जीवनको कुनै अर्थ रहँदैन ।


आज
संसारमा त्यसैकारण
मिसाइल अणु वम बनाइंदै छ
रकेट जस्ता बम-वर्षक विमानहरु
विनाशर्त मानव शिरमा उडाइन्दै छ ।
ती सबै हार र जितको लडांई हो ।


यत्रो लडाईं रहेको संसारमा
लिम्बूवान तिमी आज किन सुतिरहन्छौ
तिमीलाई हार्न र जित्न मन पर्दैन
म तिमीलाई सधैं प्रश्न गर्छु ।

अब तिमी यो जित्ने र हार्ने संस्ाारमा
तोङ्-ली- खो लिएर
एकचोटी मजाले लड्नुपर्छ ।


त्यो लडांईमा लम्बूवान
तिमीले जित्यो भनेलिम्बूवानी वीर हुनैछौ ।
हार्यौ भने पनि इतिहास कोरिन्छ ।
यो संसारमा नलडी त हुँदैन


किन
किमुन्धुमले पनि नलडी त
शक्ति पैदा हुन्दैन भन्छ
मुन्धुमी शव्द-शव्दले पिन
द्धन्द्ध नभई विकास हुँदैन भन्छ
हामी ति नै मुन्धुम्का सन्तान
हामी ति नै मुन्धुम अनुयायी
त्यसैले अब मजाले
हार र जितको लंडाई लड्नुपर्छ
किन कि यो संसार हार्ने र जित्नेको हो ।


यो हार र जितको लंडाईमा
अब एउटा कित्ता कोरिनुपर्छ
जहाँ लिम्बूवानी पाइला टेकियो
स्जहाँ लिम्बूवानी मिसाइल पड्कीयो
स्जहाँ लिम्बूवानी अणु-वम पड्कीयोस्
जहाँ लिम्बूवानी रकेटहरु पड्कीयोस

अब
हार र जितको लंडाई
लिम्बूवानले अन्तिम पटक लड्नुपर्छ
ति नै हार र जितको लंडाईमा
लिम्बूवानको इतिहास मेट्नेहरुलाई
विनाशर्त सच्याएर अब लिम्बूवानलाई
एउटा शान्तिमय बनाउनुपर्छ
लिम्बूवानलाई स्वर्ग झैं बनाउनु पर्छ ।
किन िकसंसार तिनै हार र जितको हो ।
हार र जितको संसारमा अब जित्नुपर्छ ।


२०६५÷६÷६ इलाम

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।