नियम बिपरित स~ाचालित स-मिल बन्द गर्न सम्बन्धीत निकायले चासो नदेखाउदा पश्चिम झापामा अबैध बन फडानी रोक्न सम्स्या भएको बताइएको छ । तोपगाछी स्थित रथुवामाई बृक्षा रोपण आयोजनाका प्रमुख बिनोद मानन्धरले सरकारले बन सम्बन्धीको नियम कार्यन्वयन नगर्दा फडानी रोक्न नसकिएको बताउनुभयो । पश्चिम झापा र दक्षिण इलाममा रहेका दजृन भन्दा बढी सामुदायीक वनहरुमा काचो रुख काट्ने क्रम बन्द हुन सकेको छैन । बन गस्ति र सुरक्षा कर्मीकोटोलीले पटक-पटक त्यस क्षेत्रमा अबैध काठ बरमद गरिएको भए पनि संलग्नहरुलाई पक्राउ गरि कारवाही चलाउन सकेको छैन । पछिल्ला पटक इलामको चुलाचुली स्थित बार कोठे बाट ३५ क्यू फिट टिक जातको काचो काठ गस्ति टोलीले बरामद गरेको छ । सरकारले बन क्षेत्रको ५ किलोमिटर आसपासको क्षेत्रमा समिल खोल्न नपाउने नियम बनाएको भएपनी त्यस क्षेत्रमा सो नियम बिपरित आधा दर्जन बढीको सख्यामा समिल साचालनमा छन ।
Monday, February 2, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।