Monday, February 2, 2009

सर्वसाधारणको उजुरी दर्ता भएन

इलाका प्रहरी कार्यालय दमकले स्थानिय एक नेताको विरुद्धमा सर्वसाधारणले गरेको उजुरी दर्ता गर्न नमानेको पिडितले बताएका छन । दमक-१३ का शंकर देव ढुङ्गानाले मंगलबार पत्रकार सम्मेलन गरि माघ ४ गते आफ्नो गनउँको बाटो निमार्णमा उपभोत्ता समिति संग जिज्ञासा राख्दा समितिका अध्यक्ष गोबिन्दा थापासहितले गरेको कुट पिट विरुद्ध ४ पटक सम्म उजुरी लिएर गए पनि कार्यालयले उजुरी लिन नमानेको बताए । २०६३ सालमा दकम-१३ को सहिद मार्ग निमार्णका लागि उपभोत्ताबाट उठाइएको रकमबारे सोधखोज गर्दा युथफोस्रका स्थानिय नेता समेत रहेका थापाले कुटपिट गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो सडक निमार्णका लागि नगरपालिका र उपभोत्ताबाट गरि समितिले १८ लाख भन्दा बढी रकम लिएको ढुङगानाको दावी रहेको छ । यता दकम नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले सो ठाउँमा सडक पुर्न र नाली बनाउनका लागि रकम दिइएको र सो को फरफराक समेत भइसकेको जानकारी दिदै समितिले सार्वजनिक लेखा परिक्षण भने नगरेको आफुलाई जानकारी भएको बताउनु भयो ।जनताबाट उठाएको रकम जनताबाटै लेखा परिक्षण गरिनु पर्नेमा आफ्नो जोड रहेको वहाँले बताउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।