Monday, February 9, 2009

त्रिविवि स्वबियु निर्वाचन नगराउने फर्त लागेको छ

न्यौपाने
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रय अध्यक्ष लेखनाथ न्यौपानेले त्रिभुवन विश्व बिद्यालय प्रसाशन स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव गराउन छाडेर कुनै पार्टीको सदस्यता लिनका लागी अगाडी बढिरहेको आरोप लागाउनु भएको छ । अनेरास्वनियु क्रान्तिकारी दमक बहुमुखी क्याम्पस इकाई मितिको आयोजनामा सम्पन्न नवआगन्तुक बिद्यार्थी स्यातग तथा दोस्रो इकाई सम्मेलनको उदघाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता न्यौपानेले त्रिविबिले बिगत लामो समयदेखि स्वबियुको नाममा नेपाली बिद्यार्थीको नाममा संकलन गरिएको करोडौ रुपैयको आर्थिक भ्रष्टचार गरेर स्वबियु चलाउछु भन्दै बसेका अखिल र नेविसंघहरुको आगामि स्ववियले सार्वजानिक गर्ने ठरले चुनाव नगर्ने सडयन्त्र गरिरहेकोले सम्पूर्ण बिद्यार्थीहरुको भावना बिपरित भएकोले तत्काल बन्द गनरे आफ्नो संगठन कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिदै भ्रष्टचार मुत्त स्ववियु निमार्ण गर्ने र अगाडीका भ्रष्टचारीहरुलाई सार्वजानीक गरि कारवाही गर्ने अभियानमा आफ्नो संगठन अगाडी बढिरहेको बताउनु भएको छ । एक अर्को प्रसंगमा बोल्दै नेता न्यौपानेले अखिल र नेविसंघ लगायतका संगठनहरु युवा बिद्यार्ीहरुको संगठनकोरुपमा देखिएतापनि अनिहरुको पुरानो सैलिले गर्दा बिद्यार्थीहरुाको हितको लागि नभएर उत्टै बिद्यार्थीहरुको नाममा आएको सुविधहरुको दुरुपयोग गरिरहेको कारण त्यसको अन्य गर्ने र आम नेपाली बिद्यार्थीहरुको पक्षमा आगावि स्ववियुको निमार्ण गर्ने उदेश्यका साथ आफुहरु अगाडी बढिरहेकोले त्यस कार्यमा कुनै प्रतिकृयावादी तत्वहरुले अवरोध गर्ने प्रयास गरेमा त्यसको परिणाम राम्रो नहुने बताउनु भएको छ । वहाले अर्को प्रसंगमा भन्नु भो बिद्यार्थीको पक्षामा स्ववियु हुनु पर्छ भनेर अगाडी बढिरहेका आफ्ना कार्यकर्ताहरुलाई अखिल र नेविसंघहरुले गुन्डा गर्दी सैलिमा आक्रमण गरिहरहेकोले आफ्नो संगठन गम्भिर भएर सोच्न बाध्य भएको र फेरी पनि त्यस प्रकारको कु-प्रयास गरेमा हामि त्यसको बिरुद्ध अन्तिम अनि निर्णायक आन्दोलन गर्ने तयारीमा रहेको छौ । इकाईका अध्यक्ष नवराज सुवेदीको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सचिवालय समितिका सदस्य सिपि कडरिया एकिमृत नेकपा माओवादी झापा जिल्ला इाचार्ज तथा शान्ति समिति झापाको अध्यक्ष झलक सिह दर्लामी सन्देश संगठनका झापा जिल्ला सचिव महेन्द्र भट्टराई लगायतले बोनु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।