Monday, February 9, 2009

सर्वहारा किसानको नेतृतवमा आर्थिक क्रान्ति आवश्यक

शितलकुर
उच्च स्तरीय भुमिसुधार आयमेगमा अध्यक्ष तथा एकिकृत नेकपा माओवादीका कोचिला राज्य समितिका इार्चाज हरिबोल गजुरेल शितलकुमारले नॆपाललाई बिकसित मुलुक बनाउनको लागि सर्वहारा किसानहरुले पूँजीवादी क्रान्ति गर्नु पर्ने बताउनु भएको छ । पत्रकार महासंघ झापा शाखाले झापाको सोमबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेले २४० वर्ष अगाडी देखि सामन्तवादले किचिएको नेपाली सर्वहारा किसानहरुको जिवन स्तर उकालो नलागे सम्म नेपाललाई बिकसित बनायन नसकिने भएको कारण नेपाली किसान वर्गको नेतृतवमा नयाँ प्रकारको आर्थिका क्रान्तिको हुनु पर्ने बताउनु भएको छ । वहाँले भन्नु भयो बितगका दिनहरुमा किसानहरुको जमिन सामन्तवादीहरुले हडपेर लगेको कारण सर्वहारा किसानहरु त्यही सामन्तीहरुको हलिको रुपमा आफ्नो जमिनमा खनजोत गर्न बाध्य भएको कारण उनिहरुको जिवनस्तर कहिले उस्कन नसकेको कारण अब त्यही खनजोत गरिरहेका किसानहरु त्यस जग्गाको मालिक हुनुको लागि सर्वहारा किसान वर्गको नेतृत्वमा नेपामा नयाँ किसिमको आर्थिकक्रान्ति हुनु पर्छ कारण जमिन कसैको हुदैन सबैको हो अनि मात्र नेपाललाई बिकास तर्फ लैजान सकिन्छ । नेपालमा भइरहेको सुकुम्बासी आन्दोलनको बिसयमा पत्रकारहरुले के होत भनेर राखेको जिज्ञासामा नेता गजुरेलले भन्नु भयो सुकुम्बासी आन्दोलन एकदम ठिक छ तर आन्दोनको प्रकृया गलत छ । कारण आन्दोलनमा सुकुम्बासीको शहरमा महल ठडाएर खोलाको किनारामा देखावटी झुप्रो बनाएर भनेर सम्पिति लुकाउनेहरुको साथमा आन्दोलन गरिरहेकोले त्यो आन्दालन ठिक छैन । यस प्रकारको आन्दोलनले कुनै पनि सुकुम्बासी समस्या समाधान नहुने र झनै दलाल पुजीवादी सामन्तवादीहरुलाईनै फाईदा पुग्ने बताउनु भयो । त्यसै गरि अर्को प्रसंगमा नेता गजुरेलले माओवादीको नेतृत्म बनेको सरकार सर्वहारा नेपाली जनताको सरकार भएको कारण यो सरकारले उही सर्वहारा नेपाली जनताको पक्षामा संविधान लेख्ने तयारी गरिरहेको अवस्थामा अन्य सामन्तवादी पार्टीहरु भने त्यसको बिरोध गर्दै तत्कालिन सरकारलाई ढाल्ने प्रयास गरिरहेता पनि वर्तमान सरकारको विकल्पमा अरु कुनै सरकार नरहेको दावी गर्नु भएको छल । शाखा उपाध्यक्ष बिष्णु सुब्बाको सभापतित्वमा समपन्न कार्यक्रममा एकिकृत नेकपा माओवादी झापा का इाचार्ज सन्देशक्षेत्र नं। ७ का सह इाचार्ज गगन पुरी सेक्रेटरी चन्दु लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।