Tuesday, February 10, 2009

अचानाक बन्दले जानजिवन प्रभावित

पल्लो किरात लिम्बूवान राष्ट्रिय माचले बुधबार अचानक गरेको यातायात बन्दका कारण मेची अाचलको जनजिवन प्रभावित बनेको छ । सार्वजानिक यातायातका साधन बिना पूर्व जानकारी बन्द हुदा सायौ सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । बन्दका कारण ग्रामिण क्षेत्रबाट सवारीहरु राजमार्गसम्म निस्कन सकेनन जिल्ला प्रहरी कार्यालय झापाले पूर्व पश्चिम राजमार्गमा सवारी स्कटिङ गरि साचालन गरेको बताए पनि राजमार्गमा सावरी साधनको अभावमा हजारौ यात्रुहरु अलपत्र परेका छन । माचले यस अघि सरकार संग राखेका विभिन्न मागका सम्बन्धमा चासो नदिएको भन्दै बन्द आवाहान गरेको हो । दमक बिर्तामोड लगायतका कतिपय बजारहरुमा बराज बन्दको समेत हल्लाले पसलहरु खुल्न सकेका छैनन् । सो संगठनले कस्तो प्रकृतिको र कहिले सम्मका लागि बन्द आवाहान गरेको हो भन्ने आधिकारीक जानकारी नगराएको पिडिहरुले बताएका छन । यातायात बन्दले ब्यापारिहरु टाढा बाट आउन नसकेका कारण साप्ताहिक रुपमा लाग्दै आएको दमकको पशुबजारमा समेत पूर्ववत कारोवार हुन नसकेको ब्यापारी जयकृष्ण शाहाले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।