Wednesday, February 18, 2009

योङहाङको रिहाको मागगएका

माघ १५ गते झापाको दमक बाट अपहरणमा पररेका इलाम इभाङ-५ का डिल्ली राम योङहाङको रिहाको लागि नेपाल मानवअधिकार संगठनले माग गरेको छ । संगठनका पूर्वााचल संयोजक डा। के।पी सुवेदी र अधिकार कर्मी चित्रबहादु वस्नेतले बिज्ञप्ती जारी गरि अपहरीतको सिघ्र सकुसल रिहाईको माग गरेका हुन । योङहाङको झापको दमक बाट अज्ञात समुहले अपहरण गरेको थियो । उनको अवस्था अझै सम्म पनि थाहा हुन सकेको छैन । पिडीत परिवारले उनको खोजीमा प्रसाशनले गम्भिरता नदेखाएको आरोप लगाउदै आएका छन । भने घटनाको अनुसन्धामा परिवारले सहयोग नपुर्याएको प्रहरीले बताउदै आएको छ । अपहरीत योङहाङ इलाम चिसोपनि पाचमी बजारमा कपडा व्यापार गर्दै आएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।