Sunday, February 22, 2009

आदीवासी पत्रकारहरुको सम्मेलन चैतमा

आदीवासी जनजाती पत्रकार संघ झापाको तेस्रो जिल्ला सम्मेलन आगामी चैतमा हुने भएको छ । महासंघका केन्द्रय सदस्य दिपिन राईको प्रमुख आतिथ्यमा आइतबार बसेको संघको बैठकले झापको अध्यक्ष रमेश समदर्शीको संयोजगत्वमा ठ सदसीय सम्मेलन आयोजक समिति निमार्ण गरेको छ । समितिका सदस्यहरुमा दिपेन वाला राई कृष्ण सिन्जाली मिलन लिम्बू तारा तामाङ इन्द्रजीत मुखिया र इन्द्र तामाङ रहनु भएको छ । बैठकले विभिन्न उपसमितिहरु समेत निमार्ण गरेको छ । बैठकले लामो ससयदेखि पत्रकारीकता क्षेत्रमा योगदान गर्नुहुने स्वर्गीय पत्रकार डिकमान हिरही स्मृती पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका झापा उपाध्यक्ष बिष्णु सुब्बाले जानकारी दिनु भएको छ ।

1 comment:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।