Tuesday, February 24, 2009

दमकमा कृर्षी बजार बन्ने

बिष्णु पौडेल
झापाको दमकमा बहुचर्चीत कृर्षीथोक उपज बजार साचालनका लागि नगरपालीका र कृर्षी सामग्री संस्थान बिच सम्झौता भएको छ । दमक नगरपालीका वडा नं। ११ मा संस्थानको स्वामित्वमा रहेको एक बिगहा १२ कठा क्षेत्रफलमा बजार साचालनका लागि सम्झौता पत्रमा दुबै पक्षले हालै हस्ताक्षर गरिसकेको हुदाँ निकट भविष्यमा बजार साचालनका लागि पकृया अघि बढाइने नगरपालीकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिनु भएको छ । सम्भलौता अनुसार नगरपालीकाले सो जग्गा उपभोग गरेवापत वार्षीक २ लाख रुपैया संस्थानलाई तिर्नु पर्ने छ । २० वर्ष सम्मको लागि भएको सो सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले तिर्नुपर्ने रकम वृद्धी हुने छ । सो बजार साचालनमा आए पछी पूर्वी पहाडी जिल्ला इलामपान्थर र पूर्वी उत्तरी मोरङका किसानहरुले समेत उत्पादन गरेको कृर्षी जन्य सामाग्रीको व्यापार बढ्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।