Monday, February 23, 2009

लिम्बूवान सम्मेलनको तयारी

संघीय लोकतान्त्रीक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ संविधनमा लिम्बूवान स्यात्त गणराज्य लेखाउन ससक्त र एकीकत आन्दोलन अघी बढाऔ भन्ने मुल नाराका साथ फागुन १८ १९ र २० गते पान्थरको फेदेनमा हुने सो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको प्रचार प्रसार समितिका संयोजक नुनाम निङलेकुले जानकारी दिनु भएको छ । वहाँका अनुशार प्रचार स्रसार अन्तरगत अरुण पूर्वका ९ औटै जिल्लाहरुमा ब्यानरिङ पोस्टरीङ पत्रकार सम्मेलन र संगठन पुनर विस्तारको कार्य सम्पन्न भएको छ । प्रतिनिधि पर्यावेक्षक गरि १ हजार जनाको उपस्थिति रहने सम्मेलनको उदघाटन परिषदका अध्यक्ष कुमार लिङदेन मिराकले गर्ने कार्यक्र रहेको जनाइएको छ । राज्य पुनर्वर संरचनाको वहस तिब्र गतिमा भइरहेको बेला हुन लागेको पूर्वााचलमा लिम्बूवान राज्यको माग गर्दै आएको परिषदको यो सम्मेलन लाई राजनैतिक बृतमा निकै महत्वका साथ हेरीएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।