Tuesday, February 24, 2009

सार्वजानिक स्थानका घर भत्काइने

दमक नगरपालीका अन्तरगत सडक आसपास सार्वजानिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा भत्काउन नगरपालीकाले पहल सुरु गरेको छ । सडक दुर्घटना र सार्वजानिक अपराधका घटना न्युनिकरण गर्ने उदेश्यले नगरपालीकाले सो कार्य सुरु गरेको हो । नगरपालीकाले सार्वजानिक सुचना गरि फागुन १५ गते सम्मा सम्बन्धीत व्यक्तिले नै आफुले बनाएका भौतिक संरचना हटाउन आग्रह गरेको छ । सो आग्रंहको कार्यनवयन नभए सोही दिन देखि नगरपालीकाले घर टहरा भत्कायन सुरु गर्ने जानकारी दिइएको छ ।नगरपालीका भित्र नियम मिचेर सडक आसपासमा सयौको संख्यामा घर तथा टहराहरु बनाइएका छन । नगरपालीकाको टहर हटाउने यस्तो निर्णयले त्यहा बसोवास गर्ने कतिपय सुकुम्बासी परिवारलाई समेत प्रत्यक्ष असर पुर्याउने अनुमान गरिएको छ । यधपी सडक मिचेर नगरपालीका भित्र सामाजिक र राजनैसतक पहुज बनाइसकेका कतिपय स्थानिय नेता कार्यकता समेतलाई नगरपालिकाको यो निर्णयले असर पुर्याउने अडकल गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।