Monday, February 23, 2009

पन्छी नष्ट कार्य तिब्र

झापाको बल्र्डफ्ल्यु संकटरग्रस्त शरणामति गाबिसमा प्राबिधीक टोलीले आइतबार दोस्रो दिन पनी पन्छीहरु न्ाष्ट गर्ने कामलाई निरन्तरता दिएको छ ।शनिवार काम सुरु गरेको र् यापिडि रेस्पोन्स टिमले आज बिहान १० बजेबाट आफ्नो काम थालेको जिल्ला पशु सेवा कार्यालय झापाले जनाएको छ । आइतबार अबेर सम्ममा थप ६ सय बढी कुखुरा नष्ट गरिएको खबर छ । टिमले सनिबार मात्रै ८ सय कुखुरा र ६ वटा हाँस नष्ट गरेकॊ जनाकारी दिएको छ ।यसैबिच जिल्ला जनस्वास्थ्य कार्यलयले संकटग्रस्त क्षेत्रका स्थानियबासीहरुमा बल्र्डफ्ल्युको संक्रमणका बारे।मा चेतना मुलक कार्यक्रम र स्वास्थ्य परिक्षण गरिरहेको प्रमुख नवराज सुब्बाले बताउनुभयो ।सरकारले शरणामति २ आसपासको ५ सय मिटरको क्षेत्रलाई सकंटग्रस्त क्षेत्र घोषणा गरी त्यहाँ भएका ८ हजार पन्छीहरु ५ दिनमा नष्ट गर्ने लक्षका साथ ५ ओटा रेपिट रेस्पोन्स टोलीले काम गरिरहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।