Friday, March 6, 2009

सुझाव संकलन कार्य तिब्र

संविधान निमार्णका लागि जनताको राय सुझाव संकलन गर्न झापामा खटेको सभासदहरुको ४ ओटा टोलीले सनिबार मेचि नगरपालीका सहित विभिन्न ६ गाविसका वासिन्दा संग सुझाव लिइरहेको छ । समाचार स्रोतका अनुसार माओवादी सभासद विश्वदिप लिङदेनको नेतृत्वमा रहेको टोलीले मेची नगरपालीमा पूर्णिसंह राजवंशीको टोलीले जलथल र हल्दीवारी केसवकुमार बुडाथोकी को नेतृत्वमा रहेको टोलीले शर्णामति र डागीबारी गाविस तथा दिपक कार्कीको नेतृत्वमा रहेको टोलीले गौरीगाज र खजुरगाछी गाविसमा सुझाव संकलन गरिरहेको हो । झापामा गएको फागुन २० गते बाट २१ सभासदहरुको ४ टोलीले काम गरिरहेको छ । सुझाव संकलनको क्रममा ठाउँ-ठाउँमा भएको यातायात बन्द प्रश्न पत्र को अभाव र भाषगत समस्याका कारण केही अप्ठारो ब्यहोर्नु परेको सभासदहरुले स्वीकार गरेका छन । सुझाव संकलनमा राजनैतिक दलका नेतृत्व तहनै अग्रसर भएदिदा पिछडिएका आदीवासी जनवाती उत्पीडित महिलाहरुले आफ्ना कुरा राख्न नपाएको गुनासो गरेका छन ।